सूर्यविनायक नगरपालिका आफ्‌नै भवनमा सर्दै, सोमबार प्रधानमन्त्रीले उद्घाटन गर्ने

33

भक्तपुर । सूर्यविनायक नगरपालिकाको कार्यालय आफ्‌नै यहिँ माघ १४ गते सोमबार नवनिर्मित प्रशासकीय भवन सर्ने भएको छ । भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले जानकारी दिएका छन् । निर्माण कम्पनी भ्याली/बाबुरत्न जे.भी र नगरपालिकाबीच २०७६ पौष २४ गते निर्माण सम्झौता भएको थियो । उक्त भवनको शुरु लागत अनुमान २९ करोड ५२ लाख ९३ हजार ३ सय ४५ रुपैया ३४ पैसा (भ्याट बाहेक) भएपनि ठेक्का सम्झौता रकम भने २० करोड ४१ लाख ५२ हजार ३३१ रुपैया ८९ पैसा (भ्याट बाहेक) रहेको छ ।

स्थानिय सरकारको क्षेत्राधिकारको व्यापकतालाई मध्यनजर गरी पर्याप्त सुविधा सहितको नयाँ प्रशासनिक भवन निर्माण भएको प्रवक्ता सापकोटाले बताए । “यस भवनको उद्घाटनले हाम्रो नगरवासीहरूलाई अझ प्रभावकारी, छिटो, र गुणस्तरीय सेवा प्रदान गर्न मद्दत गर्नेछ भन्ने हाम्रो विश्वासमा बढोत्तरी भएको छ,” प्रवक्ता सापकोटाले भने ।
भवन निर्माण चरणमा दुई वर्ष विश्वव्यापी महामारीको रुपमा कोभिडले लकडाउन भएको केही ढिलाई हुन गएको थियो । ६ रोपनी ११ आना २ पैसा ३ दाम क्षेत्रफलमा रहेको छ । दुई तल्ला वेशमेण्ट पार्किङमा करिब ५ सय सवारी साधनहरु पार्किङ गर्ने मिल्नेछ ।
८ जना क्षमताको दुई वटा लिफ्ट, ३ सय जना अट्ने सेमिनार हल, दुई वटा बैठक कक्ष, एउटा पुस्तकालय कक्ष, एउटा तालिम कक्ष रहेको सापकोटाले जानकारी दिए ।

नगरप्रमुख बासुदेव थापाले नगरपालिको नयाँ भवनपछि नगरबासीलाई सेवा लिन आउन निकै सहज हुनेछ भन्दै नगरप्रमुख थापाले भने “हामी निर्वाचित भएर आएपछि ९९ वटा कानुन बनाईसकेका छौ” । नयाँ भवनमा ९२ वटा कार्यालय कक्ष, अपाङ्ग मैत्री, स्तनपान कक्ष, बालमैत्रीलयागका सम्पूर्ण सुविधाहरु रहको छ ।

नगर उपप्रमुख सरिता तिम्सिना भट्टराइका अनुसार सुर्यवनिायक नगरपालकिा कार्यपालकिाको प्रशासकयि भवनमा खुल्ला क्षेत्र, वातावर्ण मैत्री हरयिाली, अपांगमैत्री, वालमैत्री कक्ष, स्तनपान कक्ष सहति सेवा ग्राहलिाई सेवा लनि सहज हुने गर भवन तयार भएको छ ।
नगरपालकिाले २०८३ जेष्ठ मसान्त सम्ममा वालमैत्री नगर घोषणा गर्ने प्रतविद्धता अनुसार ऊक्त दनि नगरपालकिा भत्रि रहेका घरधुरी सर्वेक्षण गरेको वाल वस्तुगत वविरण सहतिको पुस्तक प्रमुख अतथि िवाट वमिोचन गर्ने कार्यक्रम समेत रहेको उपप्रमुखले जानकारी दिइन् ।

पत्रकार सम्मेलनमा प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुईटेल, वडाध्यक्षहरु, कर्मचारीलगायतको उपस्थिती रहेको थियो ।