काठमाडौं । नेपाली कांग्रेसका नेताहरु राज्य व्यवस्था समितिमा भ्रष्टाचार निवारण ऐनबारे छलफल हुनु अगाडि आन्तरिक छलफलमा बसेका छन् । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पार्टी सभापति शेरबहादुर देउवा, कांग्रेस नेता समेत रहेका राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडा, महामन्त्री गगन थापा, प्रमुख सचेतक श्याम घिमिरे र सहमहामन्त्री जीवन परियार छलफलमा बसिरहेका हुन् ।
आज राज्य व्यवस्था समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन २०५९ मा संशोधन गर्न बनेको विधेयक सम्बन्धमा उपसमितिले तयार पारेको प्रतिवेदनमाथि छलफल हुँदै छ । उपसमितिले मन्त्रिपरिषद बैठकका नीतिगत निर्णय बाहेकमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्न सक्ने व्यवस्था सहितको प्रतिवेदन बुझाएको छ । यसमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताहरुले चासो व्यक्त गर्दै आएका छन् ।