कस्ता व्यक्तिले ड्राई फ्रुट खानु हुँदैन ?

4

काठमाडौं । सामान्यतया ड्राइ फ्रुट्सलाई स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । अनुसन्धानकर्ताहरूका अनुसार बदाम, हाडेबदाम, ओखर, कट्टुस लगायत नट्सले हृदयघात र मस्तिष्कघातको जोखिम न्यून पार्छ। उनीहरू यस्ता खानेकुरा सकेसम्म खान सुझाब दिन्छन्। कतिपयलाई ड्राइ फ्रुट्सको समस्या हुन सक्छ । डाइटिशियनका अनुसार सबैको शरीरको फरक–फरक आवश्यकता हुन्छ, त्यसमा ड्राई फ्रुट्सको मात्रा बढी भएमा समस्याको सामना गर्नुपर्ने हुन्छ ।

कस्ता व्यक्तिले ड्राई फ्रुट खानु हुँदैन ?

१. मधुमेह रोगीहरू

ड्राई फ्रुट्समा तपाईको शरीरको लागि पोषक तत्वको महत्वपूर्ण स्रोत हो, तर केहि ड्राई फ्रुट्समा उच्च मात्रामा ग्लुकोज हुन सक्छ । जसले रगतमा चिनीको मात्रा बढाउन सक्छ। यदि यस्तो समस्याको छ भने तुरुन्तै यसको सेवन बन्द गर्नु राम्रो हुन्छ।

२. वजन कम गर्न

ड्राइ फ्रुट्स स्वस्थकर हुन्छ तर, यसमा क्यालोरी प्रशस्त हुन्छ । यसमा भिटामिन र मिनरल्सका साथै, बोसो पनि हुन्छ। यदि तौल घटाउन चाहानुहुन्छ भने, सुक्खा फललाई संयमित मात्रामा सेवन गर्नुपर्छ वा आफ्नो आहारबाट हटाउनु पर्छ।

३. एलर्जी पीडितहरू

कतिपयलाई ड्राई फ्रुट्सबाट एलर्जी हुन सक्छ, यदि ड्राई फ्रुट्स खाएपछि चिलाउने, छ्याप्ने वा चक्कर लाग्न थाल्छ भने त्यसलाई खान छोडेर डाक्टरसँग परामर्श लिनुपर्छ । सुख्खा फलफूल प्रकृतिमा तातो हुने भएकाले यसले तपाईको छालामा नकारात्मक असर पार्न सक्छ ।

४. पेट रोग

पेटको समस्या भएका मानिसहरु । उनीहरुलाई एसिडिटी, ग्यास र पेट दुख्ने समस्या हुन्छ । यस्ता व्यक्तिले ड्राई फ्रुट खानु हुँदैन । किनभने यसमा प्रशस्त मात्रामा फाइबर हुन्छ । जसले पेटमा गम्भीर असर गर्छ ।

५. कमजोर पाचन

ड्राई फ्रुटमा भिटामिन, मिनरल्स र पोषक तत्व प्रशस्त मात्रामा पाइन्छ । यसमा ठूलो मात्रामा तेल हुन्छ। बिहान खाली पेटमा ड्राई फ्रुट्स खाँदा पाचन सम्बन्धी समस्या हुन सक्छ । यसमा धेरै तेल हुन्छ।

ध्यान दिनैपर्ने कुरा

ड्राइ फ्रुट्स गर्मी मौसममा सिमित मात्रामा खाने, जाडो मौसममा तुलनात्मक रूपमा फाइदा पुग्छ तर लापरवाहीले हानि पुर्‍याउन सक्छ । त्यसैले आहारविज्ञको सल्लाह अवश्य लिने ।