झलनाथको प्रस्तावः ४ लाख ५० हजार पार्टी सदस्य बनाउने

26

काठमाडौँ । आगामी एक वर्षमा ४ लाख ५० हजार पार्टी सदस्य बनाउन सकिने नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बताएका छन् ।जारी स्थायी कमिटी बैठकमा ‘दशौँ राष्ट्रिय महाअधिवेशन र तत्कालिक कार्ययोजना’बारे प्रस्ताव पेस गर्दै खनालले पार्टीका प्रत्येक पार्टी सदस्यले एक वर्ष भित्रमा न्यूनतम दुईजना पार्टी सदस्य बनाउनुपर्ने पनि बताएका छन् । ‘एक वर्षभित्रमा पार्टीको सदस्यता संख्या दोब्बरभन्दा बढी हुन्छ । हामीले एक वर्ष भित्रमा पार्टी सदस्यहरूको संख्या कम्तीमा ४ लाख ५० हजार पुर्याउन सकिन्छ’, खनालको प्रस्तावमा भनिएको छ ।