एमालेद्वारा उम्मेदवार सार्वजनिक

16

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी महिना हुने स्थानीय तह उपनिर्वाचनका लागि एक नगरप्रमुख र दुई वडाध्यक्षका उम्मेदवारको नाम सार्वजनिक गरेको छ। एमालेको नगर समितिले केही दिनअघि कीर्तिपुर नगरप्रमुखमा डा सुरेन्द्र मानन्धर, वडा नं १ मा र वडा नं ४ मा बद्री बुढाथोकीलाई सर्वसम्मत सिफारिस गरेको थियो। आज यहाँ भएको घोषणासभामा नगरप्रमुखका उम्मेदवार मानन्धरले कीर्तिपुरका जनताको चाहनाअनुसार जनप्रतिनिधिले काम गर्नुपर्ने बताए। त्यस अवसरमा एमाले स्थायी समिति सदस्य राजन भट्टराई तथा बागमती प्रदेश प्रमुख आनन्द पोखरेलले जनताका माझ गएर उनीहरूका काम गर्न जनप्रतिनिधि दत्तचित्त हुनुपर्नेमा जोड दिए।