काठमाडौं । मौसम विश्लेषण अनुसार देशभर पश्चिमी वायुको साथै पहाडी भागमा स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ । देशका पहाडी भागमा आंशिक बदली रही बाँकी स्थानमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।
२०८१ कार्तिक १३ गते (मंगलबार)
दिउँसोː कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
रातीː कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।