बाढीपहिरोको १० दिनपछि मन्त्रीहरू आज प्रभावित क्षेत्रमा

8
गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राईसहितको टोली मङ्गलबार बिहान सिन्धुलीको बाढी प्रभावित खुर्कोट बजार क्षेत्रको अवलोकन तथा निरीक्षण गर्दै ।

काठमाडौं : बाढीपहिरोले क्षति पुर्‍याएको १० दिनपछि संघीय सरकारका मन्त्रीहरू मंगलबार संयुक्तरूपमा प्रभावित क्षेत्रमा गएका छन्। बाढीप्रभावित क्षेत्रको अवलोकन गरी सहयोग र पुनर्निर्माणबारे जानकारी लिन मन्त्रीहरु प्रभावित क्षेत्रतर्फ गएका छन्। गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राईसहितको टोलीले काभ्रेको मङ्गलटार, सिन्धुलीको खुर्काेट, सिन्धुपाल्चोकको चौतारा र ललितपुरको गोटीखेल निरिक्षण गर्ने भएको हो। उनीहरूले बाढीपहिरोबाट भएको क्षति तथा त्यहाँ तत्काल भइरहेका सडक पूर्वाधार पुनर्निर्माण र राहतका कार्यक्रम सञ्चालनलगायत विषयमा सरोकारवालसँग छलफल गर्नेछन्। असोज ११ र १२ को अविरल वर्षापछि आएको बाढीपहिरोमा परी हालसम्म २४६ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ।