श्री युवा साकोसको २६ औं साधारणसभा सम्पन्न

24

भक्तपुर । श्री युवा बचत तथा ऋण सहकारी संस्थाको २६ औं साधारणसभा सम्पन्न भएको छ । यो सहकारी चाँगुनारायणमा नगरपालिका वडा नं. ६ मा रहेको छ । सो अवसरमा सहकारीका अध्यक्ष प्रकाश बास्तोलाले सहकारीले स्थापनाकालदेखि नै समाजलाई आत्मनिर्भर बनाउनका लागि विभिन्न योजना बनाएर अगाडि बढीरहेको दाबी गरे ।

समाज र आफ्ना वचतकर्ताप्रति सधैं वफादार रहेर अघि बढ्दा चाँगुनारायण र भक्तपुर मात्र नभएर बागमती प्रदेशमै उत्कृष्ठ बन्न सफल भएको उनले दाबी गरे । ‘सुरुदेखि नै हामी हरेक पक्षलाई सक्नेसम्मको वित्तिय टेवा दिनका लागि लागिपरेका छौं । हरेक क्रियाकलाप समाज र वचतकर्ताको हितमा नै गर्दै आएका छौं । स्थापनाको २५ औं वर्षमा आइपुग्दा हामी बागमती प्रदेशकै उत्कृष्ट समेत बन्न सफल भएका छौं ।’, अध्यक्ष बास्तोलाले भने ।

साधारणसभामा सहकारीका सचिव जयराम बास्तोलाले गत आर्थिक वर्षमा सहकारीमा २२ पटक सञ्चालक समितिको वैठक र ३ पटक लेखा सुपरिवेक्षण समितिको वैठक बसेको जानकारी गराए । त्यस्तै, ऋण लगानी तथा असुली उप–समितिको १७ पटक, महिला उप–समितिको ३ जना, शिक्षा उप–समितिको ३ पटक र युवा तथा बालिबालिका उपसमितिको वैठक दुईपटक बसेको बास्तोलाले जानकारी दिए ।

गत आर्थिक वर्षमा सहकारीले २ करोड ३४ लाख रुपैयाँ नाफा गरेको कोषध्यक्ष सुरेन्द्र मुनंकर्मीले जानकारी दिए । सहकारीले गत आर्थिक वर्षमा ऋण परिचालन मार्फत् १५ करोड ६६ लाख रुपैयाँ आम्दानी गरेको छ र बचतको ब्याजमा १२ करोड २८ लाख रुपैयाँ खर्च गरेको उनले बताए ।

गत आर्थिक वर्षको अन्तिम सम्ममा सहकारीको ऋण लगानी १ अर्ब १० करोड रुपैयाँ रहेको मुनंकर्मीले बताए । उक्त समयसम्म पुग्दा सहकारीले १ अर्ब १५ करोड रुपैयाँको कारोवार गरेको उनले बताए । सहकारीले चालू आर्थिक वर्षमा १९ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ । यो सहकारी गत वर्ष बागमती प्रदेशको उत्कृष्ठ सहकारी भएको थियो । साधारण सभाको उद्घाटन सत्रमा चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीको प्रमुख आतिथ्यता रहेको थियो ।