टर्कीद्वारा असफल विद्रोहको सम्बन्धमा फरार पूर्वन्यायाधीश पक्राउ

16

टर्की राष्ट्रिय खुफिया संगठन (एमआईटी) र पुलिसले २०१६ मा कु को प्रयास गरेको आरोपमा एक पूर्वन्यायाधीशलाई संयुक्त अपरेशनमा हिरासतमा लिएको छ। गुलेन आन्दोलनसँगको कथित सम्बन्धको कारण आठ वर्षदेखि फरार रहेका मुस्तफा करातेलाई एक सूचनाको आधारमा अंकाराको येनिमहल्ले जिल्लामा रहेको उनको अपार्टमेण्टबाट पक्राउ गरेको बताएको हो। कारबाहीका क्रममा सुरक्षा बलले आन्दोलनको शिर्ष नेतृत्वसँग कुराकानी गर्न करातेले प्रयोग गरेको ल्यापटप, ट्याब्लेट, फोन र अन्य डिजिटल उपकरणहरू पनि बरामद गरेको थियो।

आन्दोलनमा करातेको महत्वपूर्ण भुमिका रहेको बताइएको थियो। यो आन्दोलन कथित रूपमा मुस्लिम धर्मोपदेशक फेतुल्लाह गुलेनको नेतृत्वमा र नामाकरण गरिएको हो। जसलाई उनका अनुयायीहरूले आध्यात्मिक नेता मान्दछन्। अंकाराले अमेरिकामा रहेका प्रचारकलाई जुलाई १५, २०१६ मा भएको ‘कु’ प्रयासको मास्टरमाइन्ड गरेको आरोप लगाएको छ। जसमा २५० मानिस मारिएका थिए। टर्की सरकारले विद्रोहको प्रयासपछि सञ्जालसँग जोडिएका संदिग्धहरूमाथि व्यापक कारवाही शुरु गरेको छ।