Monday, September 28, 2026
Home समाज सुक्खा पहिरोले राप्ती लोकमार्ग अवरुद्ध

सुक्खा पहिरोले राप्ती लोकमार्ग अवरुद्ध

48

तुलसीपुर : सुक्खा पहिरोले राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान खण्ड अवरुद्ध भएको छ। आज बिहान ९:१५ बजेतिर सुख्खा पहिरो खस्दा लोकमार्ग अवरुद्ध भएको हो। तुलसीपुर उपमहानगरपालिका–३ श्रीखोलामा माथिबाट सुख्खा पहिरो आउँदा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए। उनका अनुसार अहिले पहिरो हटाउने कार्य भइरहेको छ।