भक्तपुरको सल्लाघारीमा ११ दिने मेला सुरु

24

भक्तपुर । नेपालीहरुको महान पर्व शुभ विजय दशमीको पावन अवसरमा भक्तपुरको सल्लाघारीमा ११ दिने मेला सुरु भएको छ ।

भक्तपुर चेम्बर अफ कमर्सको आयोजना र सगुन इभेन्ट मेनेजमेण्ट प्रा।लि।को व्यवस्थापनमा भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीस्थित खुल्ला मैदानमा बुधबारदेखि भक्तपुर सा“स्कृतिक, पर्यटन तथा व्यापार महोत्सव २०८१ सुरु भएको हो। महोत्सवको कार्यबाहक प्रधानमन्त्री एवं उपप्रधानमन्त्री प्रकाशमान सिंहले एक समारोहवीच उदघाटन गर्नुभएको छ ।

महोत्सवमा मौलिक उत्पादन तथा हस्तकला, कृषि उत्पादनहरु, बिउबिजन तथा मलखाद, कृषि औजार, प्रविधि तथा यन्त्र, जडिबुटी तथा औषधी, छालाका सामानहरुलगायत एक सय ६० स्टलहरु रहेको सगुन इभेन्ट मेनेजमेण्ट प्रा।लि।ले जनाएको छ । महोत्सवमा बालबालिकाहरुका लागि बाल उद्यान लगायत विविध मनोरञ्जनात्मक खेलकूद गतिविधि रोटीपिंग, ड्रागन रेल रहेको छ । बोटिङ, वाटर वल्व, मिकि माउस, ट्रेम्पोलिंग, स्कोरपियो आदिका साथमा प्रत्येक दिन स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको बेजोड प्रस्तुति रहने जनाइएको छ ।

वृद्धवृद्धा तथा शारिरीक असक्षम व्यक्तिहरुलाई प्रवेश निःशुल्क गरिने छ । महोत्सवबाट राजधानी उपत्यकाका साथसाथै काभ्रे, धुलिखेल, सिन्धुली, सिन्धुपाल्चोक, दोलखा आदि जिल्लाका बासिन्दाहरुले समेत लाभ लिने आयोजकले विश्वास लिएको छ । मेला अवधिभर करिब दुई लाख पचास हजार दर्शकहरुले अवलोकन गर्ने र उक्त अवधिमा करिब १० कारोड रुपैया बराबरको कारोवार हुने अनुमान रहेको छ । महोत्सव प्रवेशका लागि सर्वसाधारणलाई रु. ७० र विद्यार्थीहरुलाई रु. ५० को टिकट लाग्ने छ ।