रामेछाप । मन्थली नगरपालिका वडा नं–५ स्थित सुनारपानीमा वलेरो दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम मन्थलीबाट सालुतर्फ जाँदै गरेको वा १८ च १८३९ नं को डवल क्याप वलेरो आइतवार दिउँसो सुनारपानीको भदौरे मोडमा दुर्घटना भएको छ ।
गम्भीर घाइते भई थप उपचारका लागि धुलिखेल अस्पताल लगिएका ६९ वर्षीय दिलिप कुमार वरुवालको उपचारका क्रममा मृत्यु जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । दुर्घटना हुँदा मन्थलीनगरपालिका वडा नं ४ कि ६० वर्षिय पदम माया नेपालीको घट्ना स्थलमै मृत्यु भएको थियो । उनी मन्थली नगरपालिका वडा नं-४ कि दलित महिला वडा सदस्य समेत हुन् ।
उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका मन्थली न पा-४ का ४२ बर्षिय वलेरो चालक गुनकुमार थापामगरको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ । दुर्घटनामा परी घाइते हुनेहरुमा सोही वडाकी वर्ष ३४ की सीता नेपाली बर्ष २५ कि सुजिता रसाइली, वर्ष २५ कै सरिता नेपाली र उनकी ५ महिनाकी छोरी रोनिषा नेपालीको मन्थलीस्थित रामेछाप सामुदायिक अस्पताल र मन्थली अस्पतालमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ । मन्थलीबाट सुनारपानी हुँदै भित्री कच्ची सडक प्रयोग गरी सालुतर्फ जाँदै गरेको उक्त वलेरो अनियन्त्रित भई सडकबाट करिव १ सय ५० मिटर तल खसेको थियो ।