भक्तपुर । नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम अन्तर्गत स्टुडेन्ट एकेडेमी स्कुलको आयोजनामा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगिताको विजेता कमलविनायक स्थित पारागन एकेडेमी स्कुल भएको छ । उक्त प्रतियोगितामा सुनपा ५ मा रहेको यूनिटी स्कुल द्धितीय, चानपा ९ मा रहेको सरस्वती शिक्षा सदन स्कुल तृतीय स्थान पाउन सफल भए । सुनपा ३ स्थित इडेन गार्डेन स्कुल र सुनपा १० मा रहेको विमल मेमोरियल विद्यापीठले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
पुरस्कार वितरण समारोहका प्रमुख अतिथि बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले विजेता नृत्य समूहलाई मेडल र ट्रफी प्रदान गर्नु भयो । कार्यक्रममा स्वास्थ्य मन्त्री थापाले यस्तो प्रकारको प्रतियोगिताले कला र संस्कृतिको जगेर्ना हुने उल्लेख गर्नुभयो । विविध खेलकूद र बौद्धिक रुपमा विद्यार्थीहरु बीच प्रतिस्पर्धा गराउँदै आएकोमा आयोजकको प्रशंसा गर्नु भयो ।
कार्यक्रममा नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्का, नेसनल प्याव्सन केन्द्रीय सहकोषाध्यक्ष विक्रम ढुकुछु, केन्द्रीय सदस्य जिबि खड्का, बागमती प्रदेश सहकोषाध्यक्ष साँधुराम गैडा, नेसनल प्याव्सन भक्तपुरका बरिष्ठ उपाध्यक्ष शिव कृष्ण कवां, उपाध्यक्ष राम प्रसाद खाताखो, सचिव कुमार थापा, कोषाध्यक्ष विक्रम थापा लगाएतको उपस्थिति रहेको थियो । प्रतियोगीतामा नेसनल प्याव्सन आवद्ध १५ विद्यालयले आपसमा प्रतिस्पर्धा गरेका थिए ।