सूर्यविनायक नगरमा ढक तराजु दर्ता र नविकरण धमाधम

16

भक्तपुर । सूर्यविनायक नगरपालिकामा ढक तराजु दर्ता र नविकरण कार्य धमाधम भइ रहेको छ । मंगलबार वडा नं. ६ को सूर्यविनायकस्थित लक्ष्मी बजारमा स्टल राखेर नगरक्षत्रे भित्र संचालित व्यवसायीहरुले ढक तराजु दर्ता तथा नविकरण गरेका छन् । सूर्यविनायक नगरपालिका अधिकृत कपिल अधिकारीका अनुसार आज बुधबार सूर्यविनायकको सोही स्थानमा स्टल रहनेछ । ३ र ४ गते वडा नं.४को गाम्चाका स्टल राखेर ढक तराजु दर्ता नविकरण कार्य हुनेछ ।
उक्त कार्यकोलागि उद्योग बाणिज्य संघ भक्तपुरले समन्वय गरेको छ । सूर्यविनायक नगरपालिकाले आवश्यक सहयोग गरेको छ । गुणस्तर तथा तापतौल कार्यालय त्रिपुरेश्वरबाट कर्मचारीहरु खटि आएका छन् ।