भक्तपुर दुवाकोटका बासिन्दाको दुःखमा साथ दिने एमालेको यस्तो निर्णय

69

भक्तपुर । नेकपा एमाले चाँगुनारायण नगरपालिका वडा नं. २ कमिटिले वडाका बासिन्दाको दुःखमा थोरै भएपनि साथ दिने भएको छ । जिवनमा जन्मसंगै आउने मृत्युको दुःखद क्षणमा रहेका परिवार जनलाई साथ दिने उद्देश्य लिएर निःशुल्क शव वहानको व्यवस्था गरिएको वडा कमिटीका अध्यक्ष मनोज के.सीले जानकारी दिनु भएको छ ।

‘सामाजिक कार्यमा सक्रिय रहदैं आएको समता सचेतना समाजले संचालन गरिरहेको शव वहान अब वडामा बस्ने बासिन्दाले प्रयोग गर्दा लाग्ने शुल्क एमालेले तिरि दिने छ,’ अध्यक्ष के.सीले भन्नुभयो । उक्त सेवा भक्तपुर जिल्लाका अस्पतालबाट स्थानीय घाट, आर्यघाट पशुपतिसम्म प्रयोग गर्दा लागेको रकम एमाले वडा न. २ कमिटिले भुक्तानी गरिदिने छ ।

उक्त सम्झौता पत्रमा समता सचेतना समाजका अध्यक्ष रामहरि खड्का, एमालेका वडा कमिटीका अध्यक्ष मनोज केसीले हस्ताक्षर गर्नु भएको छ । यो सम्झौता २०८१ असोज १ देखि ०८६ भदौ ३० गतेसम्म लागू हुनेछ ।