भक्तपुर सुडालको सीड एण्ड स्पोनः आफ्नैं बारीको परिकार खुवाउने थलो

358

भक्तपुर । भक्तपुरबाट नगरकोट जाने वैकल्पिक मार्गमा केही समय अगाडी मात्रै खुलेको सीड एण्ड स्पोन अर्गानिक रेष्टुरेन्ट आफ्नैं बारीको परिकार खुवाउने थलोको रुपमा विकशित हुदैंछ । चाँगुनारायण नगरपालिका वडा नं.८ सुडाल, रातोपाटी नजिकै स्थानिय रवि खड्काले सो रेष्टुरेन्ट संचालन गरेका हुन् । सामाजिक र व्यवसायीक कार्यलाई एकसाथ अगाडी बढाउदैं आएका खड्काले आफ्नै गाउँटोलमा व्यवसाय सुरु गरेका छन् ।

आफ्नै ठाउँमा केही गरौं भन्ने उद्देश्य लिएर यसलाई संचालन गरेका हौं, सीड एण्ड स्पोनको मुख्य विशेषता भनेकै आफ्नै बारीमा उत्पादन भएका अर्गानिक परिकार खुवाउने नै हो, खड्काले भने । मासुजन्यदेखि तरकारी, दुधदहि समेत भविष्यमा आफ्नै फार्मबाट उत्पदान गरेर पाहुनालाई पस्कने तयारी रहेको खड्काले बताए । सीड एण्ड स्पोनका व्यवस्थापक देब धामीका अनुसार यहाँ मिडिङ, पार्टी हल, रेष्टुरेन्ट, बारलगायतका सुविधा रहेको छ । उचित मुल्यमा मिठो परिकार पस्कने तयारीका साथ हामी आएका छौं, व्यवस्थापक धामीले भने ।