गठ्ठाघरको स्कुटर दुर्घटनाः चुकेको भक्तपुर प्रहरी र हावादारी नेपाली मिडिया

179

हेमराज ढकाल
भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका ३, गठ्ठाघरमा स्कुटर दुर्घटना हुदाँ एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसरले गएराती ९ बजेसम्म पनि मृतक पुरुषकी महिला भनेर जानकारी दिन सकिरहेको थिएन् ।
अरनिको राजमार्ग जस्तो देशको महत्वपूर्ण दिउँसो भएको सडक दुर्घटनाले विकराल रुप लिदाँ समेत प्रहरी सन्यन्त्र चुकेको देखिन्थ्यो । एक त सडक ट्रकले किचिको शव चिन्न नसकिने अवस्थामा थियो । अर्को तर्फ त्यो शव महिलाको भनेर खबर फैलियो । सबै मिडिया यस्तो खबर हावासरी फैलाए, कसैले पुलिसको एसपी, डीएसपी त कसैले सिडिओको नाम राखेर समाचार बजाए, देखाए ।

यो पक्तिकारले राती ९ बजे आसपास जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा सूचना अधिकारी राजन कार्कीलाई फोन गर्दा समेत उनी ढुक्कले भन्न सकिरहेका थिएन् की मृतक को हो ? कुनै कागजपत्र भेटिएन सर ? भनेर प्रश्न गरेपछि उनले मृतकको साथबाट उत्तम कोइराला नामको सवारी चालक अनुमती पत्र भेटिएको बताए । तर, तेतीबेला सम्म मृतकको परिवार सम्पर्कमा आए नआएको भने प्रहरी जानकारी दिएन् । हुन त केही वर्षयता भक्तपुरमा घटेका घटना काठमाडौंका मिडियामा आएपछि भक्तपुरका संचारकर्मीले थाहा पाउने गरेका छन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरले पछिल्लो समय दिन मिल्ले सूचना पनि ढिला गरेर दिन थालेको पत्रकारहरुले आरोप लगाउने गरेका छन् । भक्तपुरमा मिडियामैत्री प्रहरीका हाकिम नहुदाँ जनताले सहि सूचना पाउन सकिरहेका छैनन् । जिल्लामा दुई प्रहरी वृत्त छन् । जगाती र थिमि वृत्त । त्यहाँबाट केही सूचना बाहिर आउदैंन । एकिकृत सूचना प्रणाली भनेर जिल्लामा प्रवक्ता तोकीएको भएपनि प्रहरीले फोन नउठाउदाँ सिडियो रोशनी कुमारी श्रेष्ठलाई फोन गरेर जानकारी लिएको एक पत्रकारले बताए ।

पछिल्लो समय केही भ्यू, सेयरको लोभमा हामी पत्रकार वास्तविकता नबुझी समाचार पठाउन, प्रकाशन गर्न लाग्ने गरेका छौं । घटनाको सहतमा गएर बुझ्नु भन्दा फेसबुकमा आएका स्टाट्सलाई कपी गरेर समाचार बनाउने चलनले जनतालाई भ्रममा पार्दछ । यस्तो समयमा पत्रकारिताको धर्म प्रयोग गरेर जनतालाई समाचार दिनु हाम्रो दायित्व हो । नमरेको मानिसलाई मारेर समाचार बनाउनु भनेको कस्तो अवस्था होला ? जसलाई मृतक भनेर मिडियाले लेख्दा उनको परिवारलाई कस्तो भयो होला ? के त्यसरी झुट लेख्ने मिडियाले माफि माग्नु पर्दैन ?

हिजोको दुर्घटना प्रहरी प्रशासनको लापरवाही देखिएको स्थानियहरुको आरोप छ । त्यसलाई सुधार गरेर जानु भक्तपुर प्रहरीको दायित्व हो । भने हतारमा समाचार लेख्नु मिडियाको गल्ती हो ।

विहिबार भक्तपुरको गठ्ठाघर चौकमा ना ६ ख २१७३ नम्बरको ट्रकले ट्राफिक जाँचका क्रममा रोकिएको बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घटनास्थलमै एक पुरुषको मृत्यु भएको थियो । मृत्यु भएका पुरूष ओखलढुंगाका उत्तम कोइराला भएको पुष्टि भएको छ । स्कुटरलाइ ठक्कर दिएको ट्रक चालक सर्लाही मलंगवा नपा२ बस्ने बर्ष ३२ को मलङ सतेन्द्र श्रेष्ठ रहेका छन् ।