कोशी प्रदेशमा चार गुट कांग्रेसः सरकारमा सहभागी हुन सकेन

25

काठमाडौं । नेपाली कांग्रेसमा विगतदेखि नै ६०/४० भागबण्डाको प्रथा हालसम्म पनि कायम छ । केन्द्र, प्रदेश र जिल्लामा यहिँ रोगले कांग्रेस बिरामी हुन थालिसकेको छ । पछिल्लो सत्ता सकिकरणपछि संघीय सरकार मात्रै होइन प्रदेशमापनि नेकपा एमाले र कांग्रेसको गठबन्धन छ । जस अनुसार गण्डकी, बागमती र सुदुरपश्चिम प्रदेशमा कांग्रेसको सरकार छ । कर्णाली, लुम्बिनी र कोशीमा एमाले नेतृत्वको सरकार गठन भइसकेको छ । तर, कोशी प्रदेशमा कांग्रेसको आन्तरिक किचलोले गर्दा सरकारले पूर्णता पाउन सकेको छैन् ।

कोशी प्रदेश सभामा कांग्रेसका २९ जना सांसद छन् । ती २९ जना सांसद चार गुटमा बाढिएका छन् । स्रोत भन्छ जस मध्य संस्थापन पक्षमा १२ जना, शेखर कोइराला समूहमा ८, कृष्ण सिटौला समूहमा ८ र महामन्त्री विश्वप्रकाश समूहमा १ जना रहेका छन् । यसरी विभिन्न गुट फैलिएको कांग्रेसले एमाले नेता मुख्यमन्त्री हिक्मत कार्कीको नेतृत्वसको सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम दिन सकेको छैन् । कांग्रेसको भागमा भौतिक पूर्वाधार विकास, स्वास्थ्य र पर्यटन वन तथा वातावरण मन्त्रालय र उद्योग, कृषि तथा सहकारी मन्त्रालय पाउने सहभति भएको थियो । हाल ती मन्त्रालय अहिले मन्त्री बिहीन छन्, एक सांसदले भने । कोशीमा हाल ९ मन्त्रालय भएपनि कांग्रेसलाई चित्त बुझाउन मुख्यमन्त्री कार्की मन्त्रालय फुटाउने मनस्थितीमा पुगेको देखिन्छ ।