माओवादी पार्टी पतन हुदैंछः जनार्दन शर्मा

37

काठमाडौं । यति बेला संघीय राजधानीमा नेकपा (माओवादी केन्द्र) पार्टीको स्थायी कमिटी बैठक चलिरहेको छ । बैठकमा पार्टीका उपमहासचिव जनार्दन शर्माले अब पार्टी पतन हुन लागेको संकेत गरेका छन् । पार्टी बैठकमा उनले प्रस्तुत गरेको प्रतिविेदनलाई आधार मान्ने हो भने पार्टीको अध्यक्ष प्रचण्डलाई नेतृत्व छोड्न भनेका छन् । शर्माले तीन वटा प्रस्ताव अघि सारेका छन् । उनले नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र महाधिवेशनमार्फत प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्ने ।

अध्यक्ष प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्न बाँकी समय उहाँको भूमिकालाई सुनिश्चित गर्न वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवारी सहित साङ्गठनिक क्षेत्रको भूमिका प्रचण्डले चाहेको व्यक्तिलाई हस्तान्तरण गर्न सुझाव दिएका छन् । २०५२ फागुन १ देखि सशस्त्र संघर्ष गरेको माओवादी आन्दोलन करिव ३० वर्षपछि अवसानको अवस्था आइपुगेको नेता कार्यकर्ताको भनाई छ । २०६४ सालको चुनावका बेला १२० सिटमा जितेको माओवादी २०७९ सालको संघीय संसदको निर्वाचनमा कांग्रेसको सहारा लिदाँपनि समानु्पातिक सहित ३२ सिटमा आइपुगेको छ । यदि माओवादीले उक्त निर्वाचनमा पाएको समानुपातिक मतलाई आधार मान्ने हो भने एक्लै निर्वाचनमा भाग लिएको भए प्रत्यक्षतर्फ ६ सिट मात्रै जित्ने देखिन्छ ।