भक्तपुरका प्रदेश सांसद थापा एमालेबाट स्वास्थ्य मन्त्री बन्दै

72

भक्तपुर । नेकपा एमाले भक्तपुर जिल्ला कमिटिका उपाध्यक्ष किरण थापा बागमती प्रदेशको स्वास्थ्य मन्त्रीमा नियुक्त हुने भएका छन् । एमालेको बागमती प्रदेश संसदीय दलले थापा सहित ५ जना मन्त्रीको नाम र मन्त्रालय टुंग्याएको छ ।

जस अनुसार थापालाई स्वास्थ मन्त्रालय, प्रकाश श्रेष्ठ कृषि तथा पशुपन्छी मन्त्रालय, सकुमाया तामाङ उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन मास्केलाई भौतिक पूर्वाधार तथा विकास मन्त्रालय, कृष्ण सिलवाललाई वन तथा वातावरण, प्रेमभक्त महर्जनलाई श्रम रोजगार तथा यातायात मन्त्रालय तोकिएको एमालेले जानकारी दिएको छ ।