प्रधानमन्त्री ओलीलाई दुई तिहाई, यी दल उभिए विपक्षमा

70

काठमाडौं । प्रतिनिधी सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वास १८८ मत पाएका छन् । आज संसदमा रहेका सदस्यको संख्या २६३ जना रहेको थियो । उनको पक्षमा १८८ मत, विपक्षमा ७४मत परको छ । दुबैतिर १ नखुलेको मतको संख्या रहेको छ । विपक्षमा को को रु

प्रधानमन्त्रीको विपक्षमा जम्मा ७४ सांसद उभिए । विपक्षमा नेकपा माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४ र नेकपा एकीकृत समाजवादीका १० सांसदले मतदान गरे ।

त्यसैगरी आमजनता पार्टीका प्रभु साह पनि विपक्षमा उभिए । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले पनि ओलीलाई मत दिएनन् । ओलीलाई दुईतिहाइ बहुमत पुर्‍याउन १८४ मत आवश्यक थियो । प्रधानमन्त्री पदमा नियुक्त भएपछि ३० दिनभित्र संसद् बैठकबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।