हरिशयनी एकादशी पूजाआजाका लागि श्रद्धालुहरूको भीड

29

काठमाडौं : प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीका बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू भएको छ। एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा तुलसीको बिरुवा सारिन्छ। आजदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ। सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ। आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको हो। भगवान विष्णु शयन गर्ने चार महिनालाई चतुर्मासा पनि भनिन्छ। सोही अवसरमा आज राजधानीको बुढानिलकण्ठ मन्दिरमा पूजाआजाका लागि श्रद्धालुहरूको भीड लागेको छ।