वायुसेवा निगमले तिर्‍यो ४३ कराेड ९ लाख ऋण

17

काठमाडौं : नेपाल वायुसेवा निगमले नागरिक लगानी कोष र कर्मचारी सञ्चयकोषबाट लिएको ४३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ भुक्तानी गरेको छ। निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्व मध्ये दुई न्यारोबडि जहाजको २०८१ आषाढ महिनाको किस्ताबापत पूरा र वाइडबडि जहाजकोे आंशिक गरी असार ३१ गते त्रिचालिस करोड नौ लाख पचपन्न हजार दुई सय एकासी रकम भुक्तानी गरेको जनाएको छ। निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हाले पश्चात निगमले गत असार सम्म ५ अर्व ७९ करोड ७६ लाख ४२ हजार २४९ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको जनाइएको छ। साथै, विश्वव्यापी कोरोना भाइरसको कारण निगमको व्यापारमा समेत प्रतिकुल असर परेकोले सो असर रहेको अवधिको व्याजको व्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन एवं किस्ताको संख्या वृद्धि गरेर ऋण दायित्व भुक्तनीलाइ सहजीकरण गरिदिन समेत निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध पत्र पठाएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दियो।