Friday, October 2, 2026
Home समाज पहिरोमा पुरिएका बसको खोजी जारी, नारायणी नदीमा एउटा शव भेटियो

पहिरोमा पुरिएका बसको खोजी जारी, नारायणी नदीमा एउटा शव भेटियो

70

काठमाडौं : नारायणगढ–मुग्लिन सडकअन्तर्गत सिमलतालमा पहिरोसँगै नदीमा खसेका बसहरुको खोजीका क्रममा नारायणी नदीमा एक शव फेला परेको छ। भरतपुर महानगरपालिका–२८ गोलाघाटमा भारतीय नागरिकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक भेषराज रिजालले जानकारी दिए। उनको साथमा भेटीएको भारतीय आधार कार्डका अनुसार उनको नाम ऋषिपाल साह रहेको खुलेको छ। तर यकिन ठेगाना पत्ता लागेको छैन। हराएका बसहरुको यात्रु हुन् वा होइनन् भन्नबारे पनि खोजी भइरहेको रिजालले बताए। हिजो काठमाडौँबाट गौर जाँदै गरेको २७ यात्रु सवार बस र वीरगन्जबाट काठामाडौँतर्फ आउँदै गरेको २४ यात्रु सवार बस पहिरोले बगाएर त्रिशूली नदीमा खसेका थिए। ३ यात्रु भने पौडीएर बाँच्न सफल भएका थिए। हिजो दिनभरको खोजतलासपछि पनि बस नभेटिएछि आज बिहानदेखि फेरि खोजी कार्य सुरु गरिएको छ। आज बिहानैदेखि करिब ५ सय सुरक्षाकर्मी र सशस्त्र प्रहरीको २८ गोताखोर टोली ड्रोनको सहायताले खोजीकार्यमा जुटेको छ।