हेमराज ढकाल
भक्तपुर । नेपाली सेनाको नौ महिना लामो तालिमपछि १ सय १ जना छोरीहरु परि आउँदा देशकोलागि बलिदान दिन तयार भएका छन् । बुधबार भक्तपुरको सूर्यविनायकस्थित सेनाको श्री इन्द्र बक्स गणमा सिसं ४ का १०१ जना सेनाका जवान आज दीक्षित भएका हुन् । नौ महिनाको तालिममा १ सय १ जना (छोरी) युवतीहरुले सेनाको तालिम सफलता पूर्वक सम्पन्न गरेका हुन् । 
तालिममा उत्कृठ हुने रोजिना कार्कीलाई कार्यक्रममा प्रमुख अतिथि सहायकरथि धु्रबकुमार कार्कीले पुरस्कार स्वरुप खुकुरी र सम्मान पत्र प्रदान गरेका छन् । त्यसैगरि दौडमा प्रथम हुने गीताकुमारी खड्का, ड्रिलमा प्रथम हुने प्रतिक्षा भुजेल, फाइरिङ्मा प्रथम हुने इन्द्रकुमारी खड्का र पुष्पाकुमारी बुढा, सञ्चिता नेपालीलाई सम्मान पत्र प्रदान गरिएको छ । उक्त समारोहलाई सम्बोधन गर्दै नेपाली सेनाको १ नम्बर बाहिणीका बाहिणीपति सहायकरथी कार्कीले नेपाली सेना बलियो भए देश बलियो हुने बताए ।
राष्ट्रको मेरुदण्ड नेपाली सेना हो, सेनाको मेरुदण्ड सिपाही हो, सिपाही बलियो भए सेना बलियो हुन्छ, सेना बलियो भए देश बलियो हुन्छ,” कार्कीले भने । कार्यक्रम इन्द्र बक्स गणका गणपति एवं प्रमुख सेनानी मोहनकुमार थापा, भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला, सेनाका अधिकृतहरुलगायतको उपस्थिती रहेको थियो ।
फोटो फिचर हेर्नुहोस्
























