भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सुरक्षामा तैनाथ एक सुरक्षा कर्मी मृत भेटिएका छन् ।
सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डु घर भई सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोक, काठमाण्डौ दरबन्दी भएका उमेश थापा मृत भेटिएका हुन् ।
४२ वर्षका उनी हाल ओलीको निजी निवास बालकोटमा सुरक्षा प्रमुखको रुपमा खटिएका थिए ।
आफ्नै घरमा शुक्रबार बेलुका खाना खाई सुतेको उनी आज बिहान ५:३० बजेको समयमा अचेत अवस्थामा भेटिएपछि तत्कालै उपचारको भक्तपुर अस्पताल ल्याएको थियो ।
उपचारकै क्रममा उनको निधन भएको प्रहरीले जानकारी दिएको छ । घटनास्थलमा प्रहरी वृत जगाती भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरेको छ ।
शव पोस्टमार्टमको लागि टिचिङ अस्पताल महाराजगन्ज, काठमाण्डौ पठाइएको प्रहरीले बतायो । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको भक्तपुर प्रहरीका सूचना अधिकारी प्र.ना.उ. राजन कार्कीले जानकारी दिएका छन् ।