देशभर भारी वर्षाः आगामी २४ घण्टा सतर्कता अपनाउनु होला !

36

काठमाडौं । गएरातीदेखि देशभर भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान शाखाले नदि ततिय क्षेत्र आसपास बस्नेलाई सचेत रहन आग्रह गरेको छ । सबै प्रदेशका धेरै स्थानहरूका मेघ गर्जनका साथै चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती , गण्डकी , लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको एक/दुई स्थानमा धेरै भारी देखि अति भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।
२०८१ असार २१ गते
आज दिउँसोː देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानहरूका मेघ गर्जन,चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती , गण्डकी , लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको एक/दुई स्थानमा धेरै भारी देखि अति भारी वर्षाको पनि सम्भावना रहेको छ ।

रातीː देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी र मधेश प्रदेशका केही तथा बाँकी प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेशका एक,दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका प्रदेशका एक,दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ ।

२०८१ असार २२ गते
भोली दिउँसोː देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका धेरै स्थानहरूका मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कोशी र बागमती प्रदेशका एक,दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका प्रदेशको एक,दुई स्थानमा धेरै भारी देखि अति भारी वर्षाको पनि सम्भावना रहेको छ । रातीː देशभर साधारणतया बदली रहने छ । कोशी, मधेश र बागमती प्रदेशका थोरै तथा बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन,चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक,दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।