रास्वपाका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन

59

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अब सदनमा प्रतिपक्षमा बस्ने निर्णय गरेको छ। संसदको चौंथो ठूलो दलको सिंहदरबारमा बसेको पार्टी सचिवालय बैठकले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारमा नजाने र प्रतिपक्षमा बस्ने निर्णय गरेको हो। एमाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएका समर्थन फिर्ता लिई एमाले पार्टी अध्यक्ष ओलीको नेतृत्वमा कांग्रेससँग मिलेर सरकार बनाउने तर्फ अगाडि बढेपछि रास्वपा सचिवालयले ‍पार्टी अध्यक्ष रवि लामिछानेलगायत आफ्ना सबै मन्त्रीहरूलाई राजीनामा दिन पनि निर्देशन गरेको छ।
आजको बैठकले बुधबारका लागि केन्द्रीय समितिको बैठकसमेत आह्वान गरेको छ।