एमाले सूर्यविनायक नगर कमिटीको बक्तृत्वकला प्रतियोगीता सम्पन्न

53

भक्तपुर । नेकपा एमाले सूर्यविनायक नगर कमिटीले बक्तृत्वकला प्रतियोगीता सम्पन्न गरेको छ । आइतबार स्व. मदन भण्डारीको ७३ औँ जन्म जयन्तीको अवसरमा आयोजित बक्तृत्वकला प्रतियोगितामा महेन्द्र शान्ति माविकी छात्रा नितिशा भट्टराई प्रथम भएकी छिन्।

प्रतियोगितामा गणेश माविकी रेजिना शाही दोस्रो, मेरीगोल्ड स्कूलकी इशाना सिटौला तेस्रो भइन । त्यसैगरी मोर्डन स्कुलकी समिरन सर्मा र अरनिको माविकी अभियान घिमिरेले सान्तवना स्थान हासिल गरिन । उनीहरुले क्रमश ५ हजार, ३ हजार ५ सय, २ हजार ५ र १ हजार ५ सय नगर पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका छन् ।

बिजेताहरुलाई पुरस्कार प्रदान गर्दै एमाले भक्तपुर जिल्ला कमिटीका अध्यक्ष बचन देउजाले पढेका मानिसहरुले राजनीति नगर्ने
हो भने मुलुकका समस्या समाधान हुन नसक्ने बताए । अध्यक्ष देउजाले आज पुस्ता मदन भण्डारीलाई भूल्न थालेको समयमा यस्ता कार्यक्रममले उहाँको योगदान बारे बुझाउन सजिलो हुने बताए ।

मदन भण्डारीको पहिलो पहिचान नै वक्तृत्व रहेकाले विद्यार्थीहरुलाई वाक कलाप्रति जागरुक बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको एमाले सूर्यविनायक नगर कमिटिका अध्यक्ष रविन्द्र साप्कोटाले जानकारी दिए । कार्यक्रममा एमालेका नेता इश्वरी रिजाल, रजन केसीलगायतको उपस्थिती रहेको थियो । प्रतियोगितामा कुल २४ विद्यालयका विद्यार्थी भाग लिएका थिए ।