मध्यपुर थिमि नगरपालिकाको बजेटः ३ अर्ब २२ करोड

131

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट र नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सोमबार नगरको दशौं नगर अधिबेशनमा नगरप्रमुख सुरेन्द्र श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख श्रेष्ठले शिक्षा, स्वास्थ्य, रोजगार, कला, संस्कृति, पर्यटन, कृषि, सुशासनलगायत धेरै कुरलाई समेटेर नीति तथा कार्यक्रम ल्याईएको बताउनुभयो ।

नगरप्रमुख सुरेन्द्र श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममको केही अशं

आगामी आ.व. २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम तर्जुमाका आधार र प्राथमिकताहरु निम्नानुसार निर्धारण गरेको छु।

१. संविधानले स्थानीय सरकारलाई तोकेका दायित्व तथा अधिकार, राज्यका नीति तथा सिद्धान्तहरु।

२. सोह्रौं (पञ्चवर्षीय) योजनाले निर्धारण गरेको लक्ष्य, नीति तथा प्राथमिकताहरु ।

३. नेपाल सरकारको बजेट, योजना, नीति तथा कार्यक्रमहरु।

४. बागमती प्रदेश सरकारको बजेट, योजना, नीति तथा कार्यक्रमहरु।

५. स्थानीय सरकार सञ्चालन ऐन, २०७४

६. निर्वाचनमा जनतासँग गरिएका घोषणा पत्र तथा प्रतिबद्धताहरु ।

७. विभिन्न विषयगत समिति, वडा समिति र सरोकारवाला समुहहरुबाट प्राप्त राय सुझाव।

८. नेपाल सरकारले दीगो विकासका लक्ष्य, मानव अधिकार, बाल अधिकार, महिला अधिकार

लगायतका अन्तरराष्ट्रिय स्तरमा जनाएका प्रतिबद्धता।

९. नगरपालिकाले स्वीकृत गरेका ऐन, नियमावली, निर्देशिका, नीति तथा कार्यविधिहरु।

नीति तथा कार्यक्रमको प्राथमिकताका क्षेत्र :

१. सुशासन तथा गुणस्तरीय सार्वजनिक सेवा प्रवाह

२. शिक्षा, स्वास्थ्य र खेलकुद

३. सामाजिक समावेशीकरण

४. कृषि तथा पशुपन्छी विकास

५. उद्योग, वाणिज्य, सहकारी तथा रोजगारी प्रबर्द्धन

६. बन, वातावरण, जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन

७. कला, संस्कृति, सम्पदा तथा पर्यटन प्रवर्द्धन

८. पूर्वाधार विकास

९. सूचना प्रविधि

उपस्थित नगरसभा सदस्यज्यूहरु,

अब म यस आर्थिक वर्ष २०८१।०८२ को लागि प्रस्तावित विषयगत नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहान्छु।

मुख्य आधारभूत नीति र कार्यक्रम

१. नगरपालिकाबाट प्रदान गरिने सार्वजनिक सेवा प्रवाहलाई थप व्यवस्थित, नतिजामूलक र प्रभावकारी बनाउनको लागि मध्यपुर थिमि नगरपालिका बडा नं ५ स्थित जताखुमा नगरपालिकाको प्रशासकीय भवन निर्माण कार्य चालु आर्थिक वर्षमा नै शुरु गरिनेछ।

२. नेपाल भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्दै लगिनेछ ।

३. मौलिक स्थान-नाम अभिलेखीकरण तथा पुनःस्थापना अभियानलाई तिव्रताका साथ निरन्तरता दिईनेछ ।

४. नगरपालिकाबाट भवन निर्माण रोक्का राखिएका क्षेत्रहरुको सम्बन्धमा व्यवस्थित वस्ती विकासको सम्भाव्यता अध्ययन प्रतिवेदनका आधारमा चालु आ.व. वाटै शुरुवात गरी क्रमश वस्ती विकास गर्दै लाने नीति लिईनेछ ।

५. सार्वजनिक प्रशासनलाई जनमुखी, जवाफदेही, जिम्मेवार तथा नतिजामूलक बनाई सार्वजनिक सेवा प्रवाहलाई थप जनमैत्री एवं प्रभावकारी बनाइनेछ ।

६. नगरपालिकाको नीति तथा योजनाहरु कार्यान्वयन गर्न नगरवासीलाई सेवा प्रदान गर्न

आवश्यकताका आधारमा नयाँ कानून तर्जुमा गर्नुका साथै मौजुदा कानूनलाई आवश्यकता र

औचित्यका आधारमा संशोधन गरिनेछ ।

७. विद्यालय शिक्षालाई गुणस्तरीय, जीवनोपयोगी, प्रतिस्पर्धी र प्रविधि मैत्री बनाउँदै लगिनेछ।

८. गुणस्तरीय स्वास्थ्य सेवामा सम्पुर्ण नागरिकको पहुँच सुनिश्चित गर्दै लगिनेछ। यसका लागि स्वास्थ्य बीमा कार्यक्रम, निःशुल्क औषधी वितरण कार्यक्रम, Free Blood अभियानको निरन्तरता, स्वास्थ्य शिविर, जेष्ठ र अशक्त नागरिकको स्वास्थ्य परीक्षण लगायतका कार्यक्रमहरु सँगै प्राकृतिक चिकित्सा सेवा समेतलाई घरदैलोमा सञ्चालन गरिनेछ ।

९. नगरपालिकाको एकीकृत, सन्तुलित, दीगो र योजनावद्ध विकासका लागि आवधिक योजना तथा

मध्यकालीन खर्च संरचना तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।

१०. शहरी सौन्दर्यता र आम नागरिकको सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी अव्यवस्थित तारलाई व्यवस्थापन गर्ने नीति लिइनेछ ।

११. दीगो विकासका लक्ष्य (SDG) हासिल गर्नका निम्ति सूचकहरुका आधारमा कार्ययोजना बनाई नगरपालिकाको नीति तथा कार्यक्रममा यसलाई आन्तरिकीकरण गरिनेछ ।

१२. नगरवासीहरुलाई सहजता प्रदान गर्न करको दायरा विस्तार अभियानलाई निरन्तरता दिईनेछ।

१३. विपद्लाई न्यूनीकरण र व्यवस्थापन गर्नको लागि आवश्यक नीति अवलम्बन गरिनेछ ।

१४. नगरपालिका भित्रका सार्वजनिक जग्गाको पहिचान, सिमाङ्कन र संरक्षण गरिनेछ ।

१५. नगरपालिकाको प्राथमिकता प्राप्त योजना तथा कार्यक्रम सञ्चालन गर्न निजी क्षेत्र, गैरसरकारी संस्था र सामाजिक संघसंस्थाहरुसँग साझेदारीमा कार्यक्रम सञ्चालन गर्ने नीति लिइनेछ ।

१२. सुशासनलाई संस्थागत गर्नको लागि भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरिनेछ ।

१३. सूचना र प्रबिधिको उच्चतम प्रयोग गरी सेवा प्रवाहलाई सहज बनाउन, जनतासँग प्रत्यक्ष सम्बन्ध र सम्पर्कमा रहने सार्वजनिक निकायहरुको क्षमता विकास, श्रोत साधनमा वृद्धि र प्रणालीको विकास गर्ने नीति अबलम्बन गरिनेछ । १४. सार्वजनिक सेवा प्रवाहलाई अनलाईनको माध्यमद्वारा कार्यसम्पादन गरी Paper Less गर्ने नीति अवलम्बन गरिनेछ।

१५. नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुमा दिवा खाजालाई व्यवस्थित गर्नको लागि केन्द्रीकृत भान्छा घर (Central Kitchen) सञ्चालनमा ल्याईनेछ ।

१६. मध्यपुर थिमि नगरपालिका क्षेत्र भित्र मनाइने ऐतिहासिक, सांस्कृतिक एवं परम्परागत विस्काः जात्रा, जिब्रो छेड्ने जात्रा, निलबाराही गण नाथ, भैरव नाच, महाकाली नाच, पुलुकिसि नाचलगायतका जात्रा चाड पर्वहरुलाई पर्यटन प्रवर्द्धनार्थ राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा प्रचारप्रस गरी थप व्यवस्थित गरिनेछ ।

१७. ऐतिहासिक एवं परम्परागत जात्रा, चाडपर्व, पुजा, संस्कृतिलाई व्यवस्थित रुपमा सजालना कार्यविधि निर्माण गरिनेछ ।

१८. नगर क्षेत्र भित्रका सम्पूर्ण टोल बस्तीहरुमा नियमित रुपमा फोहोरमैला संकलनको व्यवस मिलाई अरनिको राजमार्ग लगायतका अन्य सडकको दायाँबायाँ र विभिन्न पार्क एवं सामुदायिक कर क्षेत्रहरुमा व्यवस्थित रुपमा वृक्षारोपण र वातावरण संरक्षण गरी हरियाली प्रवर्द्धन गर्दै सौदर्यकगा गरिनेछ ।

१९. मध्यपुर थिमि नगरपालिका भित्रका सार्वजनिक स्थानहरुमा आवश्यकताका आधारमा सुविधाजनक सार्वजनिक शौचालय निर्माण गर्ने नीति लिईनेछ ।

२०. मध्यपुर थिमि नगरपालिका भित्रका सार्वजनिक स्थानहरुमा शुद्ध खानेपानीको व्यवस्था गर्ने नीति लिईनेछ ।

२१. पिछडिएको क्षेत्र, विपन्न समुदाय, दलित, महिला, आदिवासी जनजाति लगायत उत्पिडित वर्गहरुलाई राज्यको मूल प्रवाहमा समाहित गर्न समावेशीकरण, क्षमता विकास तथा सशक्तीकरणको नीति अवलम्बन गरिनेछ ।

२२. नगरपालिका र अन्तर्गतका कार्यालयहरुमा आवश्यक पर्ने सामाग्रीहरु सम्भव भए सम्म स्थानीय स्तरबाट उत्पादन भएका सामग्रीहरुको प्रयोग गर्ने नीति लिईनेछ ।

२३. दुनेगः, विष्णुवीर, विष्णुकुण्डल, सिद्धिकाली, नगदेश, कुमारी पार्क, बोदे हुदै निलबाराही सम्म सम्पदा मार्गलाई विस्तार गरी पर्यटकीय गन्तव्य निर्माण गर्ने नीति लिईनेछ ।

२४. नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा संस्थागत क्षमता विकास गर्दै लगिनेछ ।

२५. नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा सुविधा सम्पन्न भौतिक संरचना निर्माण तथा दक्ष जनशक्तिहरुको व्यवस्थापन गरी आवश्यकताका आधारमा सेवा विस्तार गर्ने व्यवस्था मिलाईनेछ ।

२६. कृषि तथा पशुपालन व्यवसायलाई प्रविधिमैत्री बनाईदै लगिनेछ ।

२७. मध्यपुर थिमि नगरपालिका भित्र सञ्चालित सहकारी संस्थाहरुको आधुनिकीकरण गर्दै विश्वसनीय

तथा गुणस्तरीय सेवा प्रवाहमा जोड दिदै उचित व्यवस्थापन गरिनेछ ।

२८. मध्यपुर थिमि नगरपालिकाको परम्परागत तथा ऐतिहासिक क्षेत्रहरुमा भवन निर्माणलाई एकरुपता कायम गर्न नीति अवलम्बन गरिनेछ ।

२९. नगरबासीलाई गुणस्तरीय सेवा तथा उपभोग्य वस्तु प्राप्त गर्ने अधिकार सुनिश्चतताको लागि आवश्यक नीति अवलम्बन गरिनेछ ।

३०. हनुमन्ते खोलाको करिडोर विस्तार, क्षतिपूर्ति, तथा खोला सिमाङ्कन गर्ने विषयमा सरोकारवाला निकायहरुसँग समन्वय गरी प्रक्रिया अगाडी बढाईनेछ ।

३१. पर्यटन प्रवर्द्धनलाई प्रभावकारी बनाउनको लागि चालु आ.व.मा नै मध्यपुर महोत्सव सञ्चालन गरिनेछ ।

३२. सार्वजनिक सेवा प्रवाहलाई नतिजामूलक तथा थप प्रभावकारी बनाउन नापी, मालपोत लगायतका अन्य सरकारी कार्यालयबाट हुने कार्यसम्पादनलाई नगरपालिका क्षेत्रबाटै गर्ने गरी आवश्यक पहल गर्ने नीति अवलम्बन गरिनेछ ।

नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि ३ अर्ब २२ करोड रुपैयाँको बजेट ल्याएको छ । सोमबार नगरपालिकाका उपप्रमुख विजय कृष्ण श्रेष्ठले नगरसभाको दशौं अधिवेशनमा आगामी आ.वका लागि ३ अर्ब २२ करोड ७० लाख ७५ सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्नु भएको हो । नगरपालिकाको कुल बजेटमध्ये पुँजीगत खर्चका लागि ९८ करोड ३७ लाख ३५ हजार रुपैयाँ कुल बजेटको ५८.१८ प्रतिशत हो । त्यस्तै, आगामी आ.वमा चालू खर्चका लागि नगरपालिकाले कुल बजेटको ४१.८२ प्रतिशत अर्थात ७० करोड ७१ लाख रुपैयाँ विनियोजन गरेको छ ।

नगरपालिकाले आगामी आर्थिक वर्षमा आन्तरिक आयबाट ६१ करोड ५३ लाख रुपैयाँ आम्दानी गरिने अनुमान गरेको छ । संघीय सरकारको राजस्व बाँडफाँडबाट ३५ करोड ८८ लाख रुपैयाँ र अन्तरसरकारी वित्त हस्तान्तरणमार्फत् ६० करोड १ लाख रुपैयाँ प्राप्त हुने नगरपालिकाको अनुमान छ । त्यस्तै, बागमती प्रदेश सरकारबाट प्राप्त हुने १० करोड ६६ लाख रुपैयाँ र लागत सहभागीता १ करोड सहित १ अर्ब ६९ करोड रुपैयाँ आम्दानी हुने नगरपालिकाको अनुमान गरेको छ ।

नगरपाकिकाले आगामी आर्थिक वर्षमा कमेरोटार जग्गा एकीकरण आयोजनाका लागि ५७ करोड ६१ लाख रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै, सिन्टिटार जग्गा एकीकरण आयोजनाका लागि २१ करोड २४ लाख रुपैयाँ विनियोजन गरिएको उपप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

नगरपालिकाले सामाजिक सुरक्षा भत्ताका लागि २२ करोड रुपैयाँ विनियोजन गरेको छ । साथै, सडक बोर्डको ७० लाख रुपैयाँ सहित १ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरेको छ । मध्यपुर थिमी नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालका लागि ५३ करोड ४ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।