भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सचिव तथा संघीय सांसद प्रेम सुवालले नेपालका प्रधानमन्त्रीहरु भारत कुनै राज्यका मुख्यमन्त्री जस्तो हैसियतका भएको आरोप लगाउनु भएको छ । शुक्रबार भक्तपुर नगरपालिकाको १६ औं नगरसभालाई सम्बोधन गर्दै सांसद सुवालले भन्नु भयो ”नियुक्त हुदाँ नै भारतको आशिर्वाद लिएकाहरुले देश र जनताको हित गर्न सक्दैनन् ।”
विदेश नीति एउटै भएका नेपालका पार्टीहरुले विभिन्न नाम राखेर जनतालाई भ्रममा पार्नु भन्दा एउटै पार्टी बनाउनु उपयुक्त हुने उहाँको भनाई छ । ”मुुलुकका ठुला प्राकृतिक श्रोत र साधन नै भारतियहरुको कब्जामा पुगेकाले कुनैपनि बेला देशमा ठुलो संकट आउने छ,” सांसद सुवालले भन्नु भयो । प्रधानमन्त्री प्रचण्डले आफुलाई मन्त्री टेरेनन् भन्दै गुनासो गर्नु भन्दा बुरु पदबाट राजीनामा दिन समेत सुवालले सुझाव दिनु भएको छ ।