टिकाटालो गरेकी प्रेमिकाले धोका दिएपछि, उनले गरे आत्महत्या

63
सांकेतिक तस्विर गूगलबाट लिएका हौं

काठमाडौं । दोलखा जिल्लाको घर भएका नेपाल प्रहरीका एक जवानले आफैंलाई गोली प्रहार गरेर आत्महत्या गरेका छन् । दोलखा मेलुङ गाउँपालिका–४ घर भएका २२ वर्षका प्रहरी जवान अजित गोले बुधबार बिहान संसद भवनको भित्रै उक्त घटना घटाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

संसद भवनको पश्चिमतर्फको २ नम्बर गेटको बायाँतर्फ रहेको शौचालयमा मृत भेटिएका थिए ।
५ महिनाअघि आफ्नी प्रेमिकासँग टिकाटालो गरेर गोलेले दुबई पठाएका थिए । विदेश गएपछि प्रेमिकासँगको सम्बन्धमा दरार आएपछि आफैंलाई गोली प्रहार गरेको खुलेको छ ।

गोलेको खर्चमा दुबई पुगेपछि प्रेमिकाले उनलाई वास्ता गर्न छाडेको भन्दै उनीहरुबीच विवाद हुने गरेको थियो । उक्त कुरा उनीहरुको मोबाइलमा भेटिएको म्यासेजबाट समेत पुष्टि हुने एक प्रहरीले बताए । प्रेमिकासँग विवाद हुदाँ उनले ‘मर्छु’ भन्दै म्यासेज पठाउने गरेको समेत भेटिएको छ ।

प्रहरीको अनुसन्धानको क्रममा शौचालयभित्र जवान गोलेले आफैंलाई गोली हानेका थिए उक्त घटना उनको प्रेमिकासँग जोडिएको प्रहरी स्रोतले जानकारी दियो । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइसकिएको यस बारेमा थय अनुसन्धान भइरहेको प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।