नेसनल प्याब्सन भक्तपुरको शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

82

भक्तपुर । नेसनल प्याब्सन भक्तपुरले शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । आफ्ना सदस्य विद्यालयमा अध्यापनरत २ सय ८६ जना शिक्षकहरूका लागि वृहत शिक्षक प्रशिक्षण सम्पन्न गरेको हो । परिवर्तित कक्षा १-३ को एकीकृत पाठ्यक्रममा आधारित रहेर सदस्य विद्यालयका शिक्षकहरूलाई दुई चरण गरा एकीकृत पाठ्यक्रमको सिकाई उपलब्धि सम्बन्धी प्रशिक्षण गरिएको थियो ।

प्रशिक्षक द्वय हरिहर तिमिल्सिना र हरि प्रसाद रेग्मीले सहजीकरण गर्नु भएको थियो । कक्षा ४-१० को विषयगत रूपमा पाठ्यक्रम, सिकाइ उपलब्धीलगायतमा प्रशिक्षण गरिएको नेसनल प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्काले जानकारी दिनुभयो ।

नेपाली विषयको तिमिल्सिनाद्वारा र विज्ञान विषयको सुशील खनालद्वारा प्रशिक्षण गरिएको थियो । सामाजिक विषयको दीपक मरहठ्ठा र जीवन पन्थीले प्रशिक्षण दिनु भएको थियो । भने सोही दिन विज्ञान विषयको डा. चिन्तामणि पन्थीले शिक्षकहरूलाई सहजीकरण गर्नु भएको संस्थाका सचिव कुमार थापामगरले दिनुभयो ।