आज पानी पर्छ ? हेर्नुहोस् मौसम पूर्वानुमान यस्तो छ

25

काठमाडौ । मौसम विश्लेषण अनुसार हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
हाल मौसमको अवस्था अनुसार कोशी र मधेश प्रदेशमा साधारणतया बदली, गण्डकी र बागमती प्रदेशमा आंशिक देखि साधारणतया बदली भई बाँकी भू-भागमा आंशिक बदली रहेको छ । कोशी प्रदेशका केही स्थानहरुमा तथा मधेश र बाग्मती प्रदेशका थोरै स्थानहरुमामा मेघगर्जन,चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।

आज आइतबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी ठाउँमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा मधेश प्रदेश लगायत बाँकी केही स्थानमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक देखी मौसम मुख्यतया सफा रहने छ । कोशी र मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी स्थानका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक/दुई स्थानमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा, मौसम पूर्वानुमान बुलेटिनबाट