सवारी ज्यान मुद्दाका फरार लामा ५ वर्षपछी पक्राउ

18

सिन्धुपाल्चोक । ईलाका प्रहरी कार्यालय मेलम्चीले सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई ५ वर्षपछी पक्राउ गरेको छ । २०७६ साल बैशाख २४ गते राती मेलम्ची नगरपालिका नं १० स्थित मेलम्ची-नवलपुर सडक खण्डमा बा. ४ ख ७०१८ नम्बरको ट्रक दुर्घटना भएको थियो । उक्त दुर्घटना गराई फरार रहेका चालक तथा सवारी धनी इन्द्रावती गाउँपालिका वडा नं.४, टाकुरे बस्ने श्याम लामालाई प्रहरी पक्राउ गरेको हो ।

लामालाई सिन्धुपाल्चोक जिल्ला अदालतबाट अनुसन्धानकोलागि चार दिनको म्याद थपगरि थप अनुसन्धान कार्य भईरहेको इलाका प्रहरी कार्यालय मेलम्चीकी प्रमुख प्रहरी निरीक्षक भगवती तिमिल्सिनाले जानकारी दिनु भएको छ ।