२०३९ सालमा युवती लगेर भारतमा बेचेका सिलवाल पक्राउ

55

काठमाडौ । सिन्धुपाल्चोक प्रहरीले मानव वेचविखन मुद्दाका फरार प्रतिवादी ४२ वर्षपछी पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मेलम्चीले २०३९ सालको बैशाख महिनामा सिन्धुपाल्चोक जिल्लाबाट २ जना युवतीहरुलाई बिक्री गर्ने एकलाई पक्राउ गरेको हो ।

साविक बरुवा गा.वि.स. वडा नं ८ हाल, पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं २ बस्ने मान बहादुर सिलवालको छोरा वर्ष ६९ को नारायण बिक्रम सिलवाललाई पक्राउ गरेको छ ।

सिलवालले गाउँमा किन दुःख गरेर गाउँमा बस्छयौं भनी प्रलोभनमा पारी भारतको कलकत्ता र बम्बई शहरमा लगेर चालिस हजार भारतीय रुपैयामा बिक्री गरेको आरोप थियो ।

सिन्धुपाल्चोक जिल्ला अदालतबाट अनुसन्धानकोलागि चार दिनको म्याद थपगरि घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको इलाका प्रहरी कार्यालय मेलम्चीकी प्रमुख प्रहरी निरीक्षक भगवती तिमिल्सिनाले जानकारी दिनु भएको छ ।