भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भक्तपुर जिल्ला कार्य समितिको अध्यक्षमा अर्जुन कार्की निर्वाचित हुन भएकोछ । शुक्रबार सम्पन्न पार्टीको नवौं जिल्ला अधिवेशनको बन्द सत्रबाट अध्यक्षमा कार्की र जिल्ला सदस्यमा २४ जना निर्वाचित हुनु भएको हो ।
अध्यक्ष पदकालागि भएको मतदानमा कार्कीले १ सय ९५ मत प्राप्त गर्नु भएको थियो । उहाँका निकतम प्रतिद्धन्दी निर्वतमान अध्यक्ष रामशरण लामिछानेले ९२ मत प्राप्त गर्नु भएको थियो ।
राप्रपाको पहिलो बैठकले पदाधिकारी तोक्ने र अन्य ६ जना सदस्य मनोनित गरेर ३१ सदस्य जिल्ला कार्य समिति बनाउने नव निर्वाचित अध्यक्ष कार्कीले नयाँ नेपाल न्यूजलाई जानकारी दिनु भएको छ ।