गर्भ निरोधक चक्कीले यौन रोगबाट बच्चाउछ ?

25

डब्लुएचओका अनुसार दैनिक एक लाख मानिस यौन प्रसारित रोगबाट प्रभावित छन्। तर यस्ता समस्या लिएर अस्पतालमा आउनेको संख्या निकै कम हुन्छ। मध्ये मुस्किलले केहीले चिकित्सकसँग यौन स्वास्थ्यबारे जिज्ञासा गर्छन्। कतिपय यसरी खुलेर आफ्नो समस्या राख्न नसक्दा गलत सूचनाको सिकार हुन पुग्छन्।

हाम्रो समाजमा यौन प्रसारित रोगबारे खुलेर कुरा गर्दैनन् । त्यसैले धेरैले रोगलाई लुकाएर राख्छन् । यसरी लुकाउँदा रोग एकबाट अर्कोमा फैलिने मात्र होइन, लामो समयसम्म उपचार नहुँदा कैयौंले ज्यान गुमाइरहेका हुन्छन् ।

अहिले सामाजिक सञ्जाल छ, जहाँ निर्धक्क आफ्नो समस्याबारे यौन जिज्ञासा टाइप गरेर उत्तर पाइन्छ । यसो गर्दा कसैले देख्लान् वा सुन्ला न भन्ने भय रहँदैन । गोपनीयता कायम रहन्छ । तर सामाजिक सञ्जालको वेब साइटमा राखिएका सबै सूचना विश्वासिलो र भरपर्दो हुन्छन् भन्ने हुँदैन । रोगको सही अनुमान लगाउन सकिदैन्न् । र, कहिलेकाहीं सही सूचना नपाउँदा मानिसले गलत भ्रम पाल्न सक्छन् ।

धेरै मानिसलाई गर्भ निरोधक चक्की सेवन गरेमा यौन प्रसारित रोग सर्दैन भने भ्रम रहेको छ । त्यस्तै दोब्बर कण्डम एकै पटक लगाउँदा दोब्बर सुरक्षा, शौचालयबाट पनि यौन रोगको जोखिम हुन्छ, यौनरोगको कुनै उपचार छैन, यौनरोग यौन सम्पर्क नगरेसम्म सर्दैन, यस्ता गलत भ्रम पालेर बसिरहेका हुन्छन् ।

के गर्भ निरोधक चक्कीको सेवनले यौन रोग सर्दैन

यो एक किसिमको भ्रम हो। यस्ता चक्कीले यौन प्रसारित रोगविरुद्ध लड्न मद्दत गर्दैन। गर्भनिरोधक चक्की एउटा यस्तो उपाय हो, जसले महिलालाई असुरक्षित यौन सम्पर्क भएको वा कण्डम फुट्नु, पिल्स खान बिर्सनु आदिको अवस्थामा केही समय वा दिनभित्र प्रयोग गरेमा गर्भ रहनबाट बचाउँछ ।

पब्लिक हेल्थ इङल्याण्डका यौन तथा प्रजनन् स्वास्थ्यका परामर्शदाता डा। स्यू मान यस भ्रमबारे प्रस्ट पार्दै भन्छिन्, ‘गर्भनिरोधक चक्कीले गर्भावस्थालाई मात्र रोकथाम गर्छ । यौन रोगबाट बच्न एउटै गर्भनिरोधक साधन मात्र प्रभावकारी हुन्छ, त्यो हो, कण्डम ।’

सीडीसीका अनुसार गर्भ रोक्ने अस्थायी साधन जस्तै, चक्की, कपरटी, तीनमहिने सुई, नरप्लान्टले एचआईभी जस्ता रोगलाई रोक्न सक्दैन । मात्र गर्भमा सन्तान बस्नबाट रोक्न सकिन्छ ।