भक्तपुर चाँगुनारायणको त्रिशुलडाँडाबाट २० जना जुवाडे पक्राउ, नामावली सहित

2520

भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले जुवा तास खेल्दै गरेको अवस्थामा २० जनालाई पक्राउ गरेको छ ।
चाँगुनारायण नगरपालिका वडा. ५ त्रिशुलडाँडामा रेल कुमार तामाङले संचालन गरेको रुद्राक्ष होटलमा जुवातास खेलिरहेको अवस्थामा नगद पैसा सहित २० जनालाई पक्राउ गरेका हो ।

प्रहरीले छापा हान्दा पैसाको हारजित हुने गरी जुवातास खेलिरहेको अवस्थामा होटल संचालक चाँगुनारायण–४, बस्ने वर्ष ४१ को रेल कुमार तामाङ, सोही स्थानका वर्ष ४२ को छैकु तामाङ पक्राउ परेका हुन् । परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी राजन कार्कीका अनुसार पक्राउ पर्नेमा चाँगुनारायण–४ बस्ने वर्ष ४४ को रामेश्वर गौतम, सोही नगरपालिका वडा नं. ५ बस्ने वर्ष ६६ को मन बहादुर थापा रहेका छन् । त्यसैगरि भक्तपुर नगरपालिका २ का वर्ष ३० को सुमन कासुला समेत छन् ।

काभ्रेपलाञ्चोक जिल्ला मण्डनदेउपुर–५ बस्ने वर्ष ३१ को बिद्या सागर ढकाल, सोही स्थानको वर्ष ४० को राजु लामा, वर्ष ४० को सागर नाकलानी छन् । काभ्रे जिल्ला बनेपा नगरपालिका १० बस्ने वर्ष ४४ को दिपेन्द्र थापा, सोही नगरपालिका ५ बस्ने वर्ष ३२ को रबिन थापा, वडा नं. ८ बस्ने वर्ष ४४ को अनिल कुमार मुख्याजु, बनेपा ९ बस्ने वर्ष ३४ को महेश शाक्य पक्राउ परेका छन्, डीएसपी कार्कीले भने ।

पनौती नगरपालीका–३ बस्ने वर्ष ४९ को कैलाश तिमिल्सिना, धुलिखेल–६ बस्ने वर्ष ४२ को अर्जुन तामाङ, धुलिखेल–६ बस्ने वर्ष ३४ को राम कुमार नेपाल, धुलिखेल नगरपालिका–६ बस्ने वर्ष ४० को राम कुमार अधिकारी, काभ्रेपलान्चोक नबोबुद्ध–८ बस्ने वर्ष ३५ को प्रेम श्रेष्ठ पक्राउ परेका छन् ।

मकवानपुर कैलाश गाँउपालिका ६ बस्ने वर्ष ३१ को राजु मोक्तान, काठमाण्डौ शंकरापुर–९ बस्ने वर्ष ५८ को मणिराम थापा, रामेछाप लिखु तामाकोसी गाँउपालिका–६ बस्ने वर्ष २८ को राम ब.तामाङ रहेका छन् ।
२० जना व्यक्तिहरुबाट नगद ६ लाख, ७ हजार, ५सय र छ बुक तास समेत प्रहरीले बरामद गरेको छ । प्रहरी परिसर भक्तपुरमा राखी जुवा सम्बन्धी मुद्दामा अनुसन्धान भईरहेको डीएसपी कार्कीले जानकारी दिए ।