Saturday, October 3, 2026
Home अर्थ आठौं भक्तपुर औद्योगीक, व्यापार महोत्सवमा स्टल बुकिङ्ग धमाधम, यस्ता स्टल राख्न शुल्क...

आठौं भक्तपुर औद्योगीक, व्यापार महोत्सवमा स्टल बुकिङ्ग धमाधम, यस्ता स्टल राख्न शुल्क नलाग्ने

114

भक्तपुर । भक्तपुरमा यहिँ चैत २२ गतेदेखि आठौं भक्तपुर औद्योगीक, व्यापार महोत्सव आयोजना हुदैंछ । बैशाख २ गतेसम्म संचालन हुने यस मेलाको स्टल स्टल बुकिङ्ग धमाधम भइरहेको औद्योगीक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिएका छन् ।

औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्ड आयोजक रहने सो महोत्सव भक्तपुरको सल्लाघारीस्थित तीनकुने चौरमा ११ दिनसम्म संचालन हुनेछ ।

महोत्सवमा २०० भन्दा बढी स्टल रहने छ । मेलामा दैनिक जीवनका उपभोग्य सामाग्री, लत्ताकपडा, जुत्ता, हस्तकलाका सामाग्री लगायतको स्टल रहने मेला आयोजक समितिका संयोजक दिपक थापाले जानकारी दिए ।
भक्तपुरका चार नगरपालिकामा उत्पादित कृषि, पशुजन्य उत्पादन, हस्तकला, मुर्तीकलालगायत लघू र घरेलु महिलाहरुले संचालन गरेका उद्योगले उत्पादन गरेका सामाग्री भने निःशुल्क रुपमा स्टल राख्न पाउनेछन् । त्यसकोलागि नगरपालिका कार्यालयबाट एउटा सिफारि अनिवार्य रहेको संयोजक दिपक थापाले बताए । स्टल निशुल्क एउटा व्यक्ति वा फर्मले एउटा मात्र पाउनेछन् ।

कुन स्टलको शुल्क कति हेर्नुहोस्;