जनकपुर । मधेस प्रदेशमा नेकपा एमालेबाट थप तीन मन्त्री र एक राज्यमन्त्रीले सपथ लिएका छन्।एमालेका दुई सांसदहरू राजकुमार लेखी र शत्रुधन सिंह तथा स्वतन्त्र सांसद प्रमोद जयसवाललाई मन्त्री बनेका हुन्।लेखी गृह,सञचार तथा कानुन मन्त्री, सिंह स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका हुन्। स्वतन्त्रबाट एमाले प्रवेश गरेका प्रमोद जयसवाल शिक्षा तथा संस्कृतिमन्त्री बनेका हुन्।
एमालेकै केशव राय स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन्। नवनियुक्त मन्त्रीहरूलाई प्रदेशप्रमुख सुमित्रा सुवेदीले सपथ गराइन् भने स्वास्थ्य राज्यमन्त्री रायलाई मुख्यमन्त्री सरोजकुार यादवले सपथ ग्रहण गराए।केन्द्रमा गठबन्धन बदलिएसँगै प्रदेशमा पनि समीकरण बदलिएपछि एमाले सरकारमा गएको हो। गत सोमबार मुख्यमन्त्री यादवले कांग्रेसका मन्त्रीहरूलाई बर्खास्त गरेर मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए।