काठमाडौं : नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले गृहमन्त्री रवि लामिछानेलाई राजीनामा दिन आग्रह गरेका छन्। रतिनिधिसभामा शुक्रबार आकस्मिक समयमा बोल्दै पौडेलले लामिछानेमाथि सहकारी प्रकरण जोडिएको भन्दै राजीनामा दिएर नैतिकता देखाउन आग्रह गरेका हुन्। सांसद पौडेलले हाल ३१ हजार सहकारीमा ७३ लाख वचतकर्ता रहेको उल्लेख गर्दै सहकारी पीडितहरुले आफ्नो बचत फिर्ताको माग गरिरहेका बताए। अनुसन्धानको घेराभित्रै रहेका गृहमन्त्रीले सहकारी पीडितहरुको माग कसरी सम्बोधन गर्नसक्छ भनेर उनले प्रश्न गरे। पीडितहरुको विश्वास जित्न नसकेको सरकारले वित्तिय संकटलाई समाधान गर्न नसक्ने उनको भनाइ छ।’मेरा मित्र रवि लामिछाने स्वंय सहकारी प्रकरणमा जोडिनुभएको छ। उहाँ आफैँ गृहमन्त्री भएपछि अनुसन्धान कसरी हुन्छ? त्यसै लामिछानेले राजीनामा दिएर नैतिकता देखाउनुस’, उनले भने।