मण्डनदेउपुर नगरपालिकाको भवन उद्घाटनः भवनको लागत कति हो ?

45

काभ्रे । काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकाले आफ्नै भवनबाट सेवा दिन थालेको छ । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले भवनको उद्घाटन गर्दै जनचाहना अनुरुप सुशासन, सेवा र सुविधा सरल, सहज एवम् प्रभावकारी तवरले दिन सकिएमा मात्र संविधान र लोकतन्त्रले परिकल्पना गरेको लक्ष्य पुरा हुने बताए ।

मण्डनदेउपुर नगरपालिकाको ७ औं स्थापना दिवस तथा नव–निर्मित प्रशासकीय भवनको आइतबार उदघाटन गर्दै उनले संविधानको भावना तथा संघीयताको मर्म अनुरुप हुनेगरी राज्यवाट प्रवाह हुने सेवा तथा विकास निर्माणसम्बन्धी कामलाई नतिजामुखी र नागरिकले अनुभूत गर्न सक्नेगरी सम्पादन गर्न र सुशासन प्रत्याभूत गर्न स्थानीय निकाय दत्तचित्त हुनुपर्नेमा जोड दिए ।

नवनिर्मित प्रशासनिक भवनमा ६२ वटा साना ठूला कोठा, दुई वटा हल, प्रत्येक फ्लोरमा अपाङ्गता मैत्री शौचालय, महिला र पुरुषका लागि छुट्टै शौचलय निर्माण तथा लिफ्ट जडान गरिएको छ ।

१६ करोड १९ लाख ७९ हजारको लागतमा तयार भएको भवनको लागि संघीय समपुरकबाट १ करोड ८० लाख रुपैयाँ, जिल्ला समन्वय समिति काभ्रेपाञ्चोकबाट २ करोड रुपैयाँ, संघीय अनुदान ९डोलिडार० बाट २ करोड ४० लाख रुपैयाँ तथा बाँकी रकम नगरपालिबाट स्रोत साझेदारी गरी बजेट ब्यवस्थापन भएको नगरप्रमुख टोक बहादुर वाइवाले जानकारी दिए ।

उद्घाटनका केही तस्विर हेरौं,

तस्विर: हामीले सामाजिक संजालबाट लिएका हौं