काठमाडौं । नेकपा एमालेले वैशाख ८ र ९ गते बस्ने गरी महाधिवेशन प्रतिनिधि परिषद बैठक बोलाएको छ। शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको २९ औं सचिवालय बैठकले पार्टी स्थापना दिवसको पूर्वसन्ध्यामा महाधिवेशन प्रतिनिधि परिषद बैठक बोलाएको हो।
एमालेले वैशाख १० गते ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा ७५ औं पार्टी स्थापना दिवस मनाउने निर्णय केन्द्रीय कमिटीको बैठकबाट गरेको थियो । एमालेमा करिब २२ सय महाधिवेशन प्रतिनिधि परिषद् सदस्य छन्।