बस खोलामा खस्यो, ६ जनाको मृत्यु

157
sanketik photo

धादिङ- बस खोलामा खोलामा खस्दा ६ जनाको मृत्यु भएको छ । कपिलवस्तु जिल्लाबाट  काठमाडौं तर्फ आउँदै गरेको बस पृथ्वी राजमार्गको घाटबेसीमा दुर्घटनाग्रस्त भएको छ । उक्त घटना हुँदा ६ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । लु २ ख २१२१ नम्बरको बस त्रिशुली नदीमा खसेको हो । बसमा सवार मध्ये ३५ जनाको जीवितै उद्दार गरिएको छ ।  बसमा ४१ जना रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।