दीपक थापाले जगाएकोे खेलकुद क्षेत्रको ‘दीप’

1014

-हेमराज ढकाल
भक्तपुर । काम गर्ने हुटहुटी बोकेर आएको मानिसले कुनैपनि संस्थाको जिम्मेवारी पाएपछि कस्तो हुन्छ भन्ने थाहा पाउन भक्तपुर जिल्ला खेलकुद विकाश समितिलाई हेरे पुग्दछ ।
करिब २ वर्ष अगाडी भक्तपुर जिल्ला खेलकुद विकाश समितिको अध्यक्षमा बागमती प्रदेश सरकारले भक्तपुर सूर्यविनायक नगरपालिका-५, कटुन्जेका युवा दीपक थापालाई नियुक्त गर्यो । राजनीतिक र सामाजिक छवि लिएर विकाश समितिमा आएका थापा आफैंपनि एक खेलाडी थिए ।
विद्यालय उमेरदेखि नै खेलकुदमा लागेका थापा भलिबलका तत्कालिन अवस्थामा मध्यमाञ्चलस्तरिय खेलाडी सरह थिए । युवा र खेललाई बुझेका दीपक थापाले आफु अध्यक्ष भएर आएपछि भक्तपुर जिल्लाको खेल क्षेत्रलाई चलाएमान बनाए ।
उनले जिल्लामा रहेका सबै नगरपालिकाहरु, विद्यालय, खेलाडी, प्रशिक्षक र खेलकुद विकाश समिति कार्यालयका कर्मचारीहरुसंग साथ लिदैं समन्वय गर्दै भक्तपुरको जिल्लामा विभिन्न खेल प्रतियोगीता आयोजना गरे ।
उनी अध्यक्ष भएर आएपछि राष्ट्रिय, प्रदेश वा अन्य क्षेत्रले आयोजना गरेको खेलकुद प्रतियोगीतामा जिल्लाबाट खेलाडीहरु सक्रियसाथ भाग लिन थाले । ‘त्यसको परिणाम निकै राम्रो देखियो,’ एक जना खेल प्रशिक्षकले भने ।
सामुदायिक र संस्थागत विद्यालयका संचालकहरु समेत थापा अध्यक्ष भएपछि जिल्लामा खेलकुद गतिविधी चलाएमान भएको बताउछन् । खेलाडीको सम्मान, प्रतियोगीता सहभागी, नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड वा जिल्ला स्तरिय त्यो उनले सबै समयमै गराए ।
थापा अध्यक्ष भएपछि भएका मुख्य गतिविधिः

खेलाडीको सम्मान, २०७९, साउन २८,
खेलकुद विकाश समितिले टेबुटेनिस खेलमा अन्तराष्ट्रिय किर्तिमान बनाउन सफल भक्तपुरकी खेलाडी गोमा सापकोटालाई सम्मान गरेको थियो बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री र रत्न ढकालले खेलाडी सापकोटालाई नगद रु ५ हजार र सम्मानपत्र सहित सम्मानित गरका थिए ।

खेलाडी, प्रशिक्षक, कर्मचारीलाई उपचारमा छुट
खेलकुद विकाश समितिका अध्यक्ष दिपक थापा भएपछि मध्यपुर अस्पताल र खेलकुद विकाश समितिबीच उपचारमा छुट दिनेबारेमा सहमति भयो । अस्पतालले खेलाडी, प्रशिक्षक, कर्मचारीलाई १०देखि २० प्रतिशतसम्म छुट दिन व्यवस्था गरछ । अस्पतालले खेलकुद विकाश समितिको कार्यक्रममा स्वास्थ्य डेक्स संचालन गर्दै आईरहेको छ ।

नवौं राष्ट्रिय खेलकुद
२०७९ सालमा असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको राजधानी पोखरामा भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितमा भक्तपुरबाट ६३ जना खेलाडीले सहभागीत जनाएका थिए । उक्त प्रतियोगिताकोलागि भक्तपुरबाट विभिन्न १५ विधा खेलमा ६३ जना खेलाडीहरुले सहभागिता थियो ।

९ औं राष्ट्रिय खेलकुदः खेलाडीको बिदाई
भक्तपुर जिल्लाबाट पोखरामा हुने ९ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुलाई शुभकामना तथा बिदाई कार्यक्रममा सम्पन्न भएको थियो । सो अवसरमा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वर थापा, उपप्रमुख सुजाता बाडे वैद्य, प्रशिक्षक तथा रेफ्रीहरुले खेलाडीहरुलाई शुभकामना तथा बिदाई गरेका थिए ।

११ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता
दीपक थापा अध्यक्ष भए लगत्तै भक्तपुरमा ११ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता सुरु भयो । खेलकुद विकाश समितिको आयोजनामा महेश्वरीको खेल मैदानमा रनिङ्ग शिल्ड प्रतियोगीता सुरु भएको थियो । उक्त प्रतियोगीताको उद्घाटन संघीय सांसद दुर्लभ थापाले गरेका थिए । उद्घाटन समारोहमा विभिन्न व्यक्तिहरु, खेलाडी, विद्यार्थी, शिक्षकलगायतको उपस्थिती रहेको थियो । प्रतियोगीतामा जिल््लाका चार नगरपालिकाका सामु्दायिक तथा संस्थागत विद्यालयहरुको सहभागीता रहेको थियो ।

बागमती प्रदेश खेलकुद, खेलाडीहरुको बिदाई
भक्तपुरमा दोस्रो बागमती प्रदेश खेलकुद–२०७९ प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुको बिदाई गरेको थियो । खेलकुद विकास समितिका अध्यक्ष दीपक थापाले विभिन्न खेलमा भाग लिन हेटौंडा जाने खेलाडीहरुलाई पोशाक सहित बिदाई गरेका थिए ।
दोस्रो बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिता–२०७९, जेठ ७–१३ गतेसम्म हेटौडामा संचालन भएको थियो । उक्त प्रतियोगीतामा विभिन्न १३ प्रकारका खेलमा भक्तपुरबाट पुरुष १४३, महिला खेलाडी १२१ र प्रशिक्षक १६ जना गरेर २९२ जना सहभागीता रहेको थियो ।
बागमती प्रदेश खेलकुदमा उत्कृष्ट प्रस्तुती
दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगितामा भक्तपुरको तर्फबाट सहभागी भएका खेलाडीहरुले उत्कृष्ट प्रस्तुती गरेका थिए । १३ वटै खेलहरुमा सहभागिता जनाएको भक्तपुरले ऐतिहासिक सफलता प्राप्त गर्दै विभिन्न खेलमा खेलाडीले पुरस्कार प्राप्त गर्न सफल भएका थिए ।

प्रशिक्षक र खेलाडी सम्मान कार्यक्रम– २०८०
विभिन्न खेलकुद प्रतियोगीतामा उत्कृष्ट भएका खेलाडी र प्रशिक्षकलाई सम्मान गरिएको थियो । नवौं राष्ट्रिय खेलकुद, दोस्रो बागमती प्रदेश स्तरिय खेलकुद र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा बिजेता भएका खेलाडीहरुलाई सम्मान गरिएको थियो ।
जसमा तेक्वान्दो खेल तर्फका ३ जना खेलाडी, जुडो तर्फ ७ जना, बक्सिङ ३ जना, एथलेटिक्स तर्फ ४ जना, उसु २ खेलाडी सम्मानित भएका थिए । त्यसैगरि आइटिएफ तेक्वान्दो तर्फ १५ जना, कराते खेल तर्फ ५ जना, उसु ४ जना रहेका थिए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगीताको विभिन्न खेलमा पदक प्राप्त गर्ने २५ जना रहेका थिए ।

१२ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता
२०८० साल पुसमा भक्तपुरमा १२ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता संचालन भएको थियो । उक्त प्रतियोगीता पुस २७ देखि २९ गते सम्म संचालन भएको थियो । उक्त प्रतियोगीताको बिजेता भक्तपुर नगरपालिका भएको थियो । भक्तपुर नगरपालिका ३२ स्वर्ण सहित प्रथम भएको हो । १९ स्वर्णले मध्यपुर नगरपालिका दोस्रो, ९ स्वर्णले सूर्यबिनायक नगरपालिका तेस्रो र ७ स्वर्ण पदक सहित चागुनारायण नगरपालिका चौथो भएको थियो । ११ औं रास्ट्रपति खेलकुद प्रतियोगितामा पनि भक्तपुर नगरपालिकाले रनिङ शिल्ड जितेको थियो ।

जिल्ला स्तरिय शिन क्योकिसिन फुलकन्ट्याक्ट कराँते प्रतियोगीता
भक्तपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा जिल्ला स्तरिय शिन क्योकिसिन फुलकन्ट्याक्ट कराँते-२०८० सम्पन्न भएको छ । उक्त प्रतियोगीता फागुन १४ गते भएको थियो । अध्यक्ष थापाले आफुलाई भक्तपुरको खेलकुद क्षेत्रको विकाशमा साथ दिने सबै नगरपालिका, विद्यालय, खेलाडी, प्रशिक्षक, कार्यालयका कर्मचारी, सुरक्षाकर्मी, संचारकर्मी सबैलाई धन्यवाद व्यक्त गरेका छन् । नयाँ नेपाल न्यूजसंग कुरा गर्दै थापाले भने ”तपाँईहरु सबैको साथ सहयोग आगामी दिनमा पनि भक्तपुरको खेलक्षेत्रको विकाशकोलागि हुनेछ भन्ने अपेक्षा लिएका छु ।”