Monday, October 5, 2026
Home राजनीति ज्यान मार्ने धम्की दिएको भन्दै मन्त्री साउदविरुद्ध उजुरी

ज्यान मार्ने धम्की दिएको भन्दै मन्त्री साउदविरुद्ध उजुरी

61

धनगढी : सुदूरपश्चिमका सामाजिक विकास मन्त्री झपट साउदविरुद्ध प्रहरीकोमा उजुरी परेको छ । बझाङको बुंगल नगरपालिका-१ का धनबहादुर बोहराले उजुरी दिएका हुन्। मन्त्री साउदले ज्यान मार्ने धम्की भन्दै उनले उजुरी दिएका हुन्। मन्त्रीले केही समयअघि ऋण लगेको तर बारम्बार फिर्ता माग्दा पनि नदिने तथा उल्टै ज्यान मार्ने धम्की दिएको भन्दै बोहराले जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएको बताइएकाे छ। जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी देवेन्द्र पालले उजुरी आएको पुष्टि गरे। यता मन्त्री साउदले उजुरी आएकोबारे आफूलाई जानकारी नभएको बताएका छन्। ‘मेरो कारोबार भएको छैन। मलाई उजुरी बारेमा जानकारी पनि छैन, म यो विषयमा बुझ्दैछु’, उनले भने।