राष्ट्रिय सभामा माओवादीको उम्मेदवार छनोट प्रति दीपशिखाको असन्तुष्टि

55

काठमाडौँ – राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले आफ्नो भागमा परेका छ वटा पदमा उठाउने उम्मेदवारहरुको नामावली टुंगो लगाएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टीका पदाधिकारीहरुको बैठकले ६ जना उम्मेदवारहरु टुंगो लगाएको हो ।

बैठकले चम्पादेवी कार्की, श्रीकृष्णप्रसाद अधिकारी, मनरूपा शर्मा सुवेदी, झक्कुप्रसाद सुवेदी, विष्णु विक र रेणु चन्दलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

रिक्त हुने १९ सीटको लागि आगामी माघ ११ गते निर्वाचन हुँदै छ । निर्वाचनको भोलि उम्मेदवारी दर्ता कार्यक्रम राखिएको  छ । यसअघि आज विहान बसेको सत्ता गठबन्धन बैठकमा गठबन्धन भित्र रहेका दलहरु बीच भागबण्डाको सहमति जुटेको थियो । कुल १९ सिट मध्ये माओवादीले ६ सीट परेको छ ।

को कहाँ ?

  • कोशी- चम्पादेवी कार्की
  • वाग्मती- श्रीकृष्णप्रसाद अधिकारी
  • गण्डकी- मनरूपा शर्मा सुवेदी
  • लुम्बिनी- झक्कुप्रसाद सुवेदी
  • कर्णाली- विष्णु विक
  • सुदूरपश्चिम- रेणु चन्दलाई उम्मेदवार

पार्टीको उम्मेदवार छनोटका बिषयमा राम प्रसाद सापकोटा दीपशिखाले असन्तुष्टि जनाएका  छन् । उनी लगायत केही पुर्व वाइसीएलका नेताहरुले सामाजिक संजालमा उम्मेदवार छनोटमा प्रती असन्तुष्टि जनाएका देखिन्छन ।

https://m.facebook.com/story.php?story_fbid=pfbid0GfFuySca2UuLMMEXM8XmRRtuX4KqsvEWZxE6p7XHxsLjpezuYVwQzCs3C7GZuWXxl&id=100000148232305&mibextid=Nif5oz