Friday, October 2, 2026
Home समाज हरिबोधिनी एकादशीमा चाँगुनारायणमा भक्तजनको भिड

हरिबोधिनी एकादशीमा चाँगुनारायणमा भक्तजनको भिड

58

काठमाडौं : आज हरिबोधिनी एकादशी। तुलसी र दामोदरको विवाह गरी हरिबोधनी एकादशी मनाइँदै छ। चार महिनासम्म भगवान विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकोमा आज भने तुलसी र दामोदरको विवाह गरिन्छ। आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी (हरिबोधिनी) एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना गर्ने शास्त्रीय विधि छ। आज काठमाडौंको चाँगुनारायण, बुढानीलकण्ठ लगायत भगवान श्रीवृष्णुको मन्दिरमा विशेष मेला लाग्छ। आज चाँगुनारायणमा पनि हरिबोधिनी एकादशीको अवसरमा भक्तजनहरुको उल्लेख्य उपस्थिति रहेको छ। रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाउन लागिएको हो। आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आज ब्युँझने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ। हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर आज विवाह गरिन्छ।