मोटोपनबाट कसरी छुट्कारा पाउने ?

75

काठमाडौं । हिजोआज मोटोपनबाट धेरै जना हैरान छन् । मोटो शरीरलाई कसरी घटाउने भन्ने चिन्ता पनि त्यत्तिकै छ । सबै जना आफ्नो फिटनेस र लुक्सको बारेमा चिन्तित देखिन्छन् । फिट र स्वस्थ रहन मानिसहरू डाइटिङ गर्छन् र जिममा गएर पसिना पनि बगाउँछन् । तौल घटाउने टिप्सलाई लिएर सामाजिक सञ्जालमा धेरै भिडियो देखिन्छन् । त्यससलाई हेरेर पनि मानिसहरू प्रेरित भइरहेका छन् । तर सबैभन्दा ठूलो प्रश्न यो हो कि यदि तपाईं फिट रहन चाहनुहुन्छ भने जिम वा डाइट केमा बढी ध्यान दिनु राम्रो हुन्छ ? यस्तोमा खानपानमा ध्यान दिएर व्यायाम नगरे पनि तौल घट्छ त ? व्यायाम गर्न जाँदा के के कुरामा ध्यान दिने ? मोटोपन घटाउन व्यायाम गर्ने कि खाना कम गर्ने भन्ने प्रश्न धेरैको हुन्छ । तर मोटोपन कम गर्न व्यायाम र खाना कम दुवै गर्नु जरुरी छ । खाना मात्र कम गर्ने हो भने पनि तौल त कम हुन्छ । तर पछि त्यसलाई निरन्तरता दिन नसक्दा फेरि तौल बढ्ने हुन्छ । त्यसैले खाना कम गर्ने र सँगै व्यायाम पनि गर्ने गर्नुपर्छ । जस्तो उचित खानपान गर्ने, सही व्यायाम गर्ने, सन्तुलित दिनचर्या अपनाउने । यस्ता विधिबाट क्रमशः तौल नियन्त्रण गर्न सकिन्छ । तौल घटाउने उपयुक्त तरिका पनि यही हो ।ाना कम गर्ने र दैनिक व्यायाम गर्ने गरियो भने तौल कम हुनुका साथै स्वस्थ पनि भइन्छ । व्यायाम गर्न जिम गइयो भने मान्छेको अवस्था वा शरीरको बनोटअनुसार कति अवधिमा तौल नियन्त्रण गर्ने भन्ने कुराको टुंगो लाग्छ ।